प्रस, निजगढ, ९ मङ्सिर/

डिभिजन वन कार्यालय, बाराका प्रमुख एवं डिएफओ विनोद सिंह राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन। डिएफओ सिंहले वन क्षेत्रको संरक्षण र व्यवस्थापनमा उल्लेखनीय योगदान पु–याएको जनाउँदै नेपाल वन प्राविधिक सङ्घको ४९औं स्थापना दिवसको अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादवले उक्त राष्ट्रिय सम्मान डिएफओ सिंहलाई प्रदान गरेका थिए।

डिएफओ सिंह वन क्षेत्रको संरक्षण र व्यवस्थापनमा अग्रसर छन्। उनले देशका विभिन्न जिल्लाहरूमा डिभिजनल वन अधिकृतको भूमिका निर्वाह गरेका छन्। डिएफओ सिंह रौतहटमा रहँदा वन क्षेत्रको अतिक्रमित १२२ बिघा जमीन पुुनः वन क्षेत्रमा फर्काउन सफल भएका थिए। गत आव २०७९/८० मा बारामा अतिक्रमित करीब १०५ बिघा जमीन वन क्षेत्रमा फर्काइ तारबारसहित वृक्षारोपण गरी संरक्षण गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here