मानवजीवनका अनेक अनुभूतिलाई विभिन्न माध्यमबाट र तार्किकरूपले बुझ्न र बुझाउने प्रयास हाम्रो समाजमा भइरहन्छ र यी अनुभूतिमा जुन अनुभूतिलाई सबैभन्दा बढी परिभाषित गर्ने प्रयास गरिएको छ, त्यो हो– प्रेम। अनुभूतिहरूको यथार्थ अभिव्यक्ति हुन सकोस्, त्यसलाई परिभाषा र शब्दको तर्कजाल आदिमा बाध्न सकौं, यो पूर्णरूपले सम्भव छैन तर पनि यसको लागि पूरै प्रयास गरिन्छ। जसरी मीठो, टर्रो, अमिलो, पिरो, तीतो स्वादको यथार्थ अनुभव त्यसलाई चाखेर मात्र गर्न सकिन्छ, त्यसै प्रकार प्रेमको स्वादको यथार्थ अनुभव त्यसलाई अनुभव गरेर मात्र गर्न सकिन्छ।

प्रेम कस्तो हुन्छ ? त्यसको अनुभूति कस्तो हुन्छ ? यसलाई मान्छेले राम्ररी जान्ने प्रयास गर्छन्, त्यसलाई पाउने प्रयास पनि गर्छन्। प्रेम मनुष्यको सबै भावनामध्ये सबैभन्दा उत्कृष्ट र पवित्रतम भावना हो। ‘प्रेम’ शब्द नै यस्तो हो, जसलाई सुन्दा, अनुभव गर्दा वा अभिव्यक्त गर्दा व्यक्तिको मनमा मधुर भाव उम्रिन थाल्छ र साथै यसको कारण एक विशेष प्रकारको अनुभूतिको आभास हुन थाल्छ र मनमा कल्पनाको संसार पनि सजाउन थाल्छ र लहरसरह मनमा विचारको आवेग सलबलाउन थाल्छ, तर के यस प्रेमको व्याख्या गर्न सकिन्छ ? सकिंदैन, किनभने प्रेममा यति गहिराइ छ कि त्यसको थाहलाई समात्न असम्भव छ, यसैले प्रेमको अनन्त र अनेक परिभाषा र अभिव्यक्ति मानिसले फरक–फरक दिएका छन् तर पनि लाग्छ कि यसमा अहिले पनि केही बाँकी छ।

प्रेमको वास्तविक परिभाषालाई बुझ्न र बुझाउनमा कहिलेकाहीं व्यक्तिको सम्पूर्ण जीवन नै बित्छ, तर पनि ऊ कुनै निष्कर्षमा पुग्न सक्दैनस किनभने न त कुनै निश्चित रूप छ, न स्वरूप। यो मात्र मनुष्यको विचार, भावना र हृदयको गहिराइमा रचेर बसेको छ, जुन कहिल्यै पनि, कतै पनि कुनै पनि माध्यमबाट परिलक्षित हुन्छ। वास्तवमा प्रेम गर्नु सबै प्राणी र जीवजन्तुको स्वभावमा जन्मजातदेखि नै हुन्छ, जुन अभिव्यक्तिको तरीका सबैमा भिन्दाभिन्दै हुन्छ। मनुष्यमा यो प्रवृत्ति सर्वाधिक विकसित छस किनभने ऊ सोचबुझको शक्तिको अलावा वाक्शक्ति र शारीरिक अभिव्यक्तिद्वारा पनि आफ्नो प्रेमलाई व्यक्त गर्ने क्षमता राख्छ। यो क्षमता अन्य जीवजन्तुमा हुँदैन।

मनुष्य जीवनमा प्रेमको भिन्दाभिन्दै रूप समाहित छ। मनुष्य आफ्नो बाल्यावस्थामा आफ्नो मातापिता र भाइबहिनीसँग सबैभन्दा बढी प्रेम गर्छ, त्यसपछि जब ऊ ठूलो हुँदै जान्छ, उसको प्रेमको परिधि पनि विस्तार हुन थाल्छ। र त्यसपछि उसको प्रेमको परिधिमा सम्पूर्ण परिवार, प्रियजन, मित्रजन, समाज र राष्ट्र समावेश हुन थाल्छ। जति व्यक्तिको मन र हृदय ग्रन्थिमुक्त र विशाल हुन्छ, उत्तिकै पवित्र प्रेम उसको मनमा परम व्यापकताको साथ बस्छ।

मातापितासँग गरिएको प्रेम जन्मजात र रक्त सम्बन्धित हुन्छ, जुन आजन्म निर्वाह गर्नुपर्ने र नचुँडिने हुन्छ, यसमा निस्स्वार्थ प्रेमको भावना, आशा र विश्वास पनि निहित रहन्छ। भाइबहिनीसँग गरिएको प्रेम–स्नेहको डोरीले बाँधिएको हुन्छ, जुन आपसी कर्तव्यबोधलाई निर्वाह गर्नुका साथै व्यक्तिको सुख–दुःखमा साथ निभाउने भाव र अपनत्व लिएको हुन्छ। यस प्रकार दुई अनजान व्यक्तिको प्रेम पति–पत्नीको सम्बन्धको रूपमा हुन्छ। जुन माया, विश्वास, समर्पण र

सामञ्जस्यको धरामा टिकेको हुन्छ। यसको अलावा समाज र राष्ट्रसँग प्रेम– सामाजिक संरचनासँग तालमेल

बसाउन, जीवनयापनको आवश्यकता पूर्तिको लागि तथा समाज र राष्ट्रको हितको लागि आवश्यक पाइला चाल्न हेतु पनि हुन्छ।

यी सबैभन्दा माथि ईश्वरीय प्रेम हुन्छ। ईश्वर देखिंदैन तर उसद्वारा निर्मित यस सृष्टिलाई देख्न सकिन्छ। जो यस सृष्टिको कण–कणमा विद्यमान छन्, तर मूर्तिमान छैनन्। त्यस ईश्वरसँग प्रेम गर्नु सजिलो नभए पनि गा–हो पनि छैन। जब व्यक्तिको भावना परम व्यापक बन्न थाल्छ, परिष्कृत हुन्छ, पवित्र हुन्छ, तब मात्र ऊ ईश्वरसँग यथार्थमा जोडिन सक्छ र उसले ईश्वरसँग प्रेम गर्न पाउँछ, अनुभव गर्न पाउँछ। मानवले ईश्वरसँग प्रेम गर्दा ईश्वरलाई अगाध श्रद्धा र शक्तिबाट परिपूर्ण गरिदिन्छ। जसरी मीराको कृष्ण प्रेम र उसको भक्ति। सूरदासको कृष्ण प्रेम, तुलसीदासको हनुमानप्रति प्रेम र भक्ति, रामसीताको प्रति प्रेम र भक्ति। सन्त नामदेव, सन्त एकनाथ, सन्त तुकाराम, चैतन्य महाप्रभु आदिको प्रेम र भक्ति अविरल थियो। आफ्नो यस प्रेम र भक्तिलाई अभिव्यक्त गर्नमा उनीहरूको भित्रबाट काव्य

प्रवाहित भएको थियो। उनीहरू नाच्न थाले, गाउन थाले, रोएर पनि भगवान्लाई पुकार्न थाले र उसको पुकारबाट भगवान् पनि द्रवित भए र भगवान्लाई आफ्नो अनुराग र अनुग्रहबाट सरोबर गरिदिए।

प्रेममा संवेदना हुन्छ, अत्यधिक ऊर्जा हुन्छ र यो ऊर्जाले हाम्रFे बुद्धिमाथि पर्दा लगाउँछ तर यदि विवेकको प्रयोग भयो भने प्रेममा होश नगुमाईकन पनि यस ऊर्जालाई रूपान्तरण गरेर यसलाई कतै पनि प्रयुक्त गर्न सकिन्छ। ध्यान, यसै प्रेमको आध्यात्मिक रूपान्तरण हो। यस जगत्मा सर्वाधिक मूल्यवान् प्रेम हो। प्रेम यदि पाइन्छ भने मानौं परमात्मा नै पायौं। जसले प्रेमलाई बुझेन, उसले प्रार्थना पनि गर्न सक्दैन।

प्रेम सिर्जनात्मकताको शिखर हो र यस पारबाट त्यस पारलाई जोड्ने सेतु हो। प्रेमले जोड्छ– शरीरलाई आत्मासँग, शब्दलाई शून्यसँग। यदि हृदयमा प्रेम छ भने हामीलाई सम्पूर्ण दुनियाँ फुलेको फूलसरह गम्किन्छ। जसले प्रेमको यस ऊर्जालाई रूपान्तरित गरेको छ, उसले भक्तिको स्वाद पनि चाखेको छ र परमात्माको सान्निध्यलाई अनुभव गरेको हुन्छ।

प्रेममा त्यो शक्ति छ, जुन सूक्ष्म वातावरणलाई शुद्ध गर्न सक्छ, परिष्कृत गर्न सक्छ। यस्तो स्थान जहाँ कुनै प्रेमीले आफ्नो सम्पूर्ण जीवन ईश्वरको प्रतीक्षामा व्यतीत गरेको छ, त्यो स्थान एक प्रकारले तीर्थस्थलको रूपमा परिवर्तित हुन पुग्छ। जो व्यक्ति वास्तवमा प्रेमले भरिएको हुन्छ, उसको मात्र उपस्थितिले पनि मानिसलाई आनन्दित गर्छ। जब ईश्वरको प्रेमले भरिएको भक्तले कुनै कार्य गर्छ, तब त्यो कार्य मूल्यवान् हुन पुग्छ।

यस प्रकार प्रेम हाम्रो जीवनका सबै अनुभूतिको केन्द्रबिन्दु हो। जहाँ प्रेम छ, त्यहाँ श्रद्धा छ, त्यही मित्रता छ, समर्पण छ, सेवा र विश्वास छ। प्रेम जीवनको रस हो, यसको अभावमा व्यक्तिको जीवन नीरस हुन्छ, यसैले प्रेमबाट सिञ्चित हृदयमा नै सच्चा मानवताको बास हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here