प्रस, महोत्तरी, ८ मङ्सिर/

महोत्तरीको सम्सी नाकाबाट स्रोत नखुलेको नेरु आठ लाखसहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

सम्सी गाउँपालिका–५ पोखरभिण्डा सीमानाकामा जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको मधेस प्रदेश ०२–००६ प १६२१ नम्बरको मोटरसाइकलमा सवार चालकबाट आठ लाख १० हजार ९२० रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी नेपाल नं ९ गण जलसागर महोत्तरीले जनाएको छ।

सम्सी गापा–३ बस्ने रमेशकुमार साह र रामगोपालपुर नगरपालिका

सहसौला बस्ने वर्ष ३२ का अनिल चौधरीलाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक लेखनाथ खनालले जानकारी दिए।

पक्राउ परेका दुवैजना र नगद अनुसन्धानको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाइएको सप्रउ खनालले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here