प्रस, रौतहट, ८ मङ्सिर/
डिभिजन वन कार्यालय, रौतहटले पिकअप गाडीमा लोड काठसहित दुईजनालाई पक्राउ गरेको छ।
निजगढ नगरपालिका–८ खैरघारी टोल बस्ने पिकअपचालक बुद्ध थिङ, सहचालक सञ्जय लामालाई काठसहित पक्राउ गरेको हो। बुद्धले चलाएको पिकअपमा पाँचवटा सालको गोलिया बरामद भएपछि नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय, रौतहटले जनाएको छ।
गुजरा नपा–३ पशुपतिटोलको धनसर–जङ्गलसैया सडकखण्डमा प्रदेश २–०३–००१ च–५६७१ नम्बरको पिकअप गाडीमा पाँचवटा सालको गोलिया लोड गरेर लैजाँदै गरेको अवस्थामा थिङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ।
सूचनाको आधारमा प्रहरी चौकी हरिनगर रौतहटका प्रहरी सहायक निरीक्षक हरेराम कुर्मी र जङ्गलसैया सबडिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत आरिफ अन्सारीको संयुक्त कमान्डमा खटेको टोलीले धनसर–जङ्गलसैया सडकखण्डबाट सो परिमाणको सालको गोलिया बरामद गरेको हो। प्रहरीले बरामद गोलिया ८० क्युफिट भएको जनाएको छ। सुरक्षाकर्मी र वनकर्मीको टोलीलाई देखेर पिकअप चालक र सहचालक गाडी छोडी भाग्न खोजेको तर सुरक्षाकर्मीले उनीहरूलाई पक्राउ गर्न सफल भएको जिप्रका, रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्ष्Fक दामोदर केसीले बताए।