प्रस, पर्सागढी, ८ मङ्सिर/

पर्सागढी नगरपालिकाले आमोदेवी मन्दिरमा लाग्ने पूर्णिमा मेलाको लागि तयारी शुरू गरेको छ। मेलालाई व्यवस्थितरूपमा सम्पन्न गर्न शुक्रवार नगरप्रमुख गोकर्ण पाठकको पहलमा मन्दिर क्षेत्रको सरसफाइ र सडक मरम्मतसम्भार कार्य गरिएको छ।

पर्साका छ र बाराको एक गरी सात ठाउँमा पूर्णिमाको मेला लाग्ने गर्छ। मेलाको लागि पर्सागढी नपा–३ आमोदेवी मन्दिर क्षेत्रमा जग्गा वितरण तथा अन्य उपसमितिहरू गठन गरिएका छन्। यसअघि वडाध्यक्ष सुकमान तामाड्ढो अध्यक्षतामा मेला व्यवस्थापन मूल कमिटी गठन भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here