प्रस, पोखरिया, २४ कात्तिक/

नेकपा एमाले पर्साका इन्चार्ज एवं सांसद अच्युत मैनालीले वर्तमान सरकार चाँडै ढल्ने र एमाले नेतृत्वको सरकार बन्ने बताएका छन् ।

नेकपा एमाले कालिकामाई गाउँपालिका कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले गठबन्धनको सरकारले डेढ वर्षमा भ्रष्टाचार, महँगीलाई बढावा दिएको, विकास निर्माणका काम नगरेको, देशमा अत्याचार बढिरहेको आरोप लगाए । उनले यो सरकारले जनहितमा कुनै काम गर्न नसकेको आरोप लगाए ।

सांसद मैनालीले देशमा भएका विकासहरू एमाले सरकारको पालामा भएको दाबी गरे । उनले एमाले सरकारमा हुँदा शिक्ष्Fा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्ष्Fा भत्ता, सडक मानवमुक्त समाज निर्माण गरेको बताए । कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं सांसद प्रभु हजरा, निर्मला देवकोटा, मधेस प्रदेश उपाध्यक्ष विचारी यादव, जालिम मियाँ, जयप्रकाश थारू, पोखरिया नपाका प्रमुख प्रद्युम्न चौहान, वडाध्यक्ष सोनालाल चौरसियालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पवन तिवारीले स्वागत र धर्मेन्द्र चौरसियाले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here