टोक्यो, १६ कात्तीक/सिन्ह्वा

अप्रिलदेखि अक्टोबरको बीचमा जापानमा भालुको आक्रमणमा परेका मानिसको सङ्ख्या १८० पुगेको पर्यावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयका  अनुसार उक्त सङ्ख्या आर्थिक वर्षका आधारमा सबैभन्दा बढी हो ।

आर्थिक वर्ष २००६ देखि तथ्याङ्क राख्न शुरू गरिएयता अहिलेसम्म यो सबैभन्दा खराब सङ्ख्या भएको मन्त्रालयले बुधवार प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेको छ । आर्थिक वर्ष २०२० मा पछिल्लो उच्च रेकर्ड १५८ थियो ।

अप्रिलदेखि शुरू हुने आर्थिक वर्ष २०२३ मा अहिलेसम्म भालुहरूको आक्रमणमा पाँच व्यक्तिको ज्यान गएको प्रतिवेदनमा उल्लेख छ । अगस्तमा १५ जनामाथि भालुले आक्रमण गरेको थियो भने यो सङ्ख्या सेप्टेम्बरमा ३८ र अक्टोबरमा ७१ पुगेको थियो ।

उत्तरपूर्वी जापानको ताहोकू क्षेत्रमा कुल जनसङ्ख्याले करीब ७० प्रतिशत भाग ओगटेको छ । विशेषज्ञहरूका अनुसार पहाडहरूमा सुक्खा फलफूल (बदाम, ओखर आदि)को उत्पादन कम भएकाले पर्याप्त भोजन नपाउँदा यो वर्ष भालुहरू मानवबस्तीका वरपर धेरैपटक देखिएका थिए ।

मन्त्रालयले डिसेम्बरमा भालुहरू शीतनिद्रामा नगएसम्म अधिकतम सतर्कता अपनाउन आग्रह गरेको छ । “बेपत्ता मानिसहरूको खोजीमा उद्धारकर्मीहरूले रातभर काम गरिरहेका थिए र आज बिहान पुनः शुरू भएको छ,” एक प्रहरी अधिकारीले भने । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here