२०८० कात्तिक १४ गते मङ्गलवार को प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
अज्ञात समूहद्वारा निजी विद्यालयका सञ्चालकको गोली प्रहार गरी हत्या
प्रस, निजगढ, १३ कात्तिक/ बाराको सदरमुकाम कलैयामा सोमवार दिउँसो १ बजे गोली प्रहारबाट गम्भीर घाइते भएका बोर्डिङ स्कूलका सञ्चालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–६ स्थित बाल एकता बोर्डिङ स्कूलका सञ्चालक गुड्डु भनिने सोही वडा घर भएका अन्दाजी ३५ वर्षीय रूपेश सर्राफ रहेको बारा प्रहरीले जनाएको […]
वडाध्यक्षहरूद्वारा प्रजिअलाई तीन दिने अल्टिमेटम
प्रस, वीरगंज, १३ कात्तिक/ वीरगंज महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षमध्ये २७ जना वडाध्यक्षले संयुक्तरूपमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । कात्तिक ५ गते राति वडा नं ७ का वडाध्यक्ष हीराकाजी महर्जनलाई रेलवे सडकस्थित दुर्गापूजा पण्डालमा कुटपिट गर्ने प्रहरीमाथि कारबाईको माग गर्दै वडाध्यक्षहरूले प्रजिअलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा तीन दिनभित्र दोषीलाई कारबाई नगरिए साताव्यापी […]
पर्सागढीका सामुदायिक विद्यालयहरू अझै खुलेनन्
बलिराम शुक्ला, बिरुवागुठी, १३ कात्तिक/ दशैं बिदापछि कात्तिक १२ गतेदेखि देशैभरका सामुदायिक विद्यालयको पठनपाठन शुरू हुने भनिए तापनि पर्सागढी नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरू अझैसम्म खुलेका छैनन् । केही दिनअगाडि शिक्षकहरूको आन्दोलनका कारण एक साताभन्दा बढी लामो बिदामा बसेका विद्यार्थीहरू दशैं बिदा सकिएलगत्तै १२ गतेदेखि पठनपाठन हुनुपर्नेमा विद्यालय नखुलेपछि विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ । […]
पर्सागढी मन्दिरको सम्भाव्यताबारे अध्ययन अवलोकन
नरेश यादव, पर्सागढी, १३ कात्तिक/ नेपाली सेना २८ नं वाहिनीपति जीतपुरका क्याप्टेन राजन राउत नेतृत्वको टोलीले ऐतिहासिक पर्सागढी मन्दिरको अवलोकन गरेको छ । अवलोकनको क्रममा क्याप्टेन राउतले पर्सागढी मन्दिर पर्यटकीय क्षेत्र बनाउने सम्भाव्यताबारे अध्ययन गरिने बताए । उनले विसं १८७१ मा पर्सागढीमा नेपाली सेनाले स्थानीयसँग मिलेर ब्रिटिश सेनासँग युद्ध गरी पराजित गरेकोले यो ठाउँ ऐतिहासिक […]
चन्द्रावती खोलामा महिलाको शव भेटियो
प्रमोद यादव, पंचगावाँ, १३ कात्तिक/ जगरनाथपुर गाँउपालिका–४ स्थित चन्द्रावती खोलामा सोमवार बिहान सडेगलेको अवस्थामा एकजना महिलाको शव भेटिएको छ । खोलाछेउमा विवाहित जस्तो देखिन महिलाको आधा शरीर सडेगलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शवको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ । शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगंज पठाइएको र घटनाबारे […]
परसवा गोल्डकपः जय हिन्द र पटेर्वासुगौली विजयी
प्रस, सेढवा, १३ कार्तिक/ जीराभवानी गाउँपालिका–३ मा जारी परसवा गोल्डकप २०८० को लिग चरणको आजको पहिलो खेलमा जय हिन्द एभरेष्ट क्लब इनरवा भारत बिजयी भएको छ । इनरवाले ठोरीलाई शुन्यको बिरूद्ध एक गोलले पराजित गरी तीन अङ्क प्राप्त गरेको छ । इनरवाका जर्सी नं १० का अन्तराष्ट्रिय खेलाडी लियोले निर्णायक गोल गरेका थिए । सो […]
भारतमा रेल दुर्घटनामा मर्नेको सङ्ख्या १३
अमरावती, १३ कात्तिक/एएनआई भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटनामा मर्नेको सङ्ख्या १३ पुगेको छ । विजयनगरम जिल्लामा दुर्घटना भएको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । विजयनगरमका प्रहरी सुपरिटेन्डेन्ट एम दीपिकाले भनिन्, “अहिलेसम्म १३ जनाको मृत्यु भएको छ, तीमध्ये सातजनाको सनाखत भएको छ र अन्यको पहिचान हुन बाँकी छ ।” यसअघि इस्ट कोस्ट रेलवेका […]
सातामा ७० घण्टा काम गर्दा स्वास्थ्यमा पर्ने असर
जब इन्फोसिसका संस्थापक नारायण मूर्तिले युवाहरूलाई सातामा ७० घण्टा काम गर्ने सल्लाह दिएपछि अहिले सामाजिक सञ्जालमा बहस हुन थालेको छ । कसैले उनको सुझावलाई बेतुक भन्दैछन् भने कसैले समर्थन गर्दैछन् । तर सातामा ७० घण्टा काम गर्दा स्वास्थ्यमाथि कस्तो असर पर्छ, त्यसबारे विज्ञहरूको सुझाव यस प्रकार छन् ः केही चिकित्सकले ७० घण्टा काम गर्दा दिनचर्यासँग […]
बालबालिकालाई बढी नून खान नदिऔं
छ महीनाका बालबालिकालाई आमाको दूध मात्र दिनुपर्छ । छ महीनापछिका बालबालिकालाई दालको पानी, जाउलो खुवाउन सकिन्छ । बच्चालाई शुरूमा हलुका खानेकुरा दिनुपर्छ किनभने यिनीहरूको पाचन क्षमता कमजोर हुन्छ । तर केही अभिभावकले एक वर्षभन्दा कम उमेरका बालबालिकालाई चिप्स, चकलेटलगायतका खानेकुरा दिन्छन् । जब बच्चाले नयाँ खानेकुरा खान थाल्छन्, तब अभिभावक खुशी हुन्छन् । तर यस […]