प्रस, सेढवा, १३ कार्तिक/

जीराभवानी गाउँपालिका–३ मा जारी परसवा गोल्डकप २०८० को लिग चरणको आजको पहिलो खेलमा जय हिन्द एभरेष्ट क्लब इनरवा भारत बिजयी भएको छ ।  इनरवाले ठोरीलाई शुन्यको बिरूद्ध एक गोलले पराजित गरी तीन अङ्क प्राप्त गरेको छ । इनरवाका जर्सी नं १० का अन्तराष्ट्रिय खेलाडी लियोले निर्णायक गोल गरेका थिए । सो खेलमा इनरवाको जर्सी नं १७ का प्रेमसी मैन अफ द म्याच घोषित भए । प्रेमसीलाई नगद दुर्ई हजारसहित ट्रफी पहिलो खेलका प्रमुख अतिथि एमालेका नेता भोला महतो थारूले प्रदान गरेका थिए ।

त्यस्तै आजै भएको दोस्रो खेलमा पटेर्वासुगौली देकुली बिजयी भएको छ । पटेर्वासुगौलीले बुद्धनगरलाई शुन्यको बिरूद्व ३ गोलले पराजित गरी  तीन अङ्क बटुलेका छ । यस खेलमा मैन अफ द म्याच पटेर्वासुगौलीका जर्सी नं २० का सयमुल सुनार घोषित भए । सुनारलाई जीराभवानी गापा वडा नं २ का वडाध्यक्ष महादेव महतो थारूले नगद र ट्रफी प्रदान गरे। पटेर्वासुगौलीका लागि दिपेश राई, रन्जित आले र फैजुलले एक–एक गोल गरे। समूह ए मा सेढवा र पटेर्वासुगौलीको  ३–३ अङ्क रहेका छन भने बुद्धनगरको अङ्क शुन्य रहेका छन । बुद्धनगरले सेढवासंग एक खेलमा प्रतिस्पर्धा गर्ने छ।

भोलीको लिग चरणको पहिलो खेल निचुटा र परसवा बीच हुनेछ । परसवा तीन अङ्कसहित समूह बीको अग्रस्थानमा छ । त्यस्तै दोस्रो खेल मनहर्वा बारा र सिद्धपुर बीच हुनेछ । सिद्धपुरको शुन्य अङ्क रहेकाले नकआउटमा प्रवेश गर्न भोलीको खेलमा जित्नु पर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here