जाडोको मौसम शुरू हुने बित्तिकै ऊनी कपडा निकाल्न थाल्छौं । भनिन्छ, ऊनी कपडालाई चाँडै धोयौं भने यो बिग्रिन्छ र यसको गर्माहट निस्किन्छ । यस कारण धेरैजसोले ऊनी कपडा हप्तौंसम्म धुँदैनन् र पटकपटक लगाउने गर्छन् । जाडोमा ऊनीको कपडा चाँडै फोहर हुँदैन र यसलाई चाँडै धुनुहुँदैन भन्ने सोच्नुहुन्छ भने गलत हो । ऊनी कपडालाई पनि गर्मीको कपडासरह नै सुकाउने र धुनुपर्छ । यद्यपि ऊनी कपडालाई धुन र सुकाउनमा ९० प्रतिशतले गलत गर्छन्, जसले गर्दा ऊनी कपडा खुकुलो हुन पुग्छ, रङ उड्छ र कपडा खुम्चिन पनि सक्छ । साधारणतया बच्चाको ऊनी कपडालाई सातामा दुई/तीन पटक धुन्छौं, जसले गर्दा ऊनी कपडाको साइज र सही रङ हराउँछ ।
दिल्लीको ड्राई क्लिनिङ स्टार्टअप वाशक्राफ्टकी फाउन्डर शिल्पी गुप्ता भन्छिन्, ऊनी कपडालाई धुँदा ध्यान राख्नुपर्छ । तर गलती भनेको सुकाउने बेला हुने गर्छ । उनी कपडालाई घरमैं सुकाउनुपर्छ । ऊनी कपडालाई धुँदा सामान्य डिटर्जेन्टको सट्टा तरल डिटर्जेन्टको प्रयोग गर्नुपर्छ । वाशिङ मेशिनमा अथवा हातले धोएर धुनुपर्छ । ऊनी कपडालाई सामान्य कपडासँगै वाशिङ मेशीनमा राख्नुहुँदैन र मेशीनलाई स्ट्रड्ढो सट्टा स्ट्यान्डर्ड मोडमा राख्नुपर्छ ।
शिल्पी भन्छिन्, ऊनी कपडालाई धोएर सुकाउने समयमा तीनवटा गलती नगरौं । कपडालाई निचोरेर सुकाउनुहुँदैन, यसबाट ऊनी कपडाको तलपट्टि पानी जम्मा हुन्छ र उनी कपडा लत्रिन्छ, तन्किन्छ र आकार ठूलो हुन्छ र लगाउँदा भद्दा देखिन्छ ।
ऊनी कपडालाई सीधैं घाममा सुकाउदा उल्टो पारेर सुकाउनुपर्छ । घाममा दुई घण्टाभन्दा बढी समयसम्म सुकाउनुहुँदैन । किनभने यसबाट रङ फिक्का हुन सक्छ र कपडा बिग्रिन्छ ।
ऊनी कपडालाई निचोर्न कठिन हुन्छ । जाडोमा चाँडै कपडा नसुक्ने हुँदा वाशिङ मेशीनमा फूल ड्राई गर्छौं । यसबाट ऊनी कपडा खराब हुन्छ । ऊनी कपडालाई माइल्ड ड्राई गर्नुपर्छ । ड्रायर प्वाइन्ट तीनभन्दा बढी बढाउनुहुँदैन, नत्र कपडा खुम्चिन्छ, तन्किन पनि सक्छ र खराब हुन्छ ।