दशैं हिन्दूहरूको प्रमुख चाड हो र यो चाडलाई अधिसङ्ख्यक नेपालीले मनाउने गर्छन् । समाजमा दशैं मनाउनुपर्ने धार्मिक दृष्टिकोण व्यापक छ । तर चाडपर्वहरू धार्मिकभन्दा मानिसको जीवनशैलीसँग जोडिएका हुन्छन् । त्यसैले जुनसुकै पनि धर्ममा चाडपर्व हुन्छ, त्यसको निश्चित धारणा हुन्छ । चाडपर्वहरूको तारतम्य भूगोल, मानिस र वातावरणसँग पनि मेल खान्छ । त्यसैले कुनै पनि चाडपर्वको मूलमा जाने हो भने स्वास्थ्य, मनोरञ्जन, खुशियाली, आत्मीयजनबीच भेटघाटजस्ता रमाइला क्ष्Fणहरूको संयोजन रहेको पाइन्छ । दुःखबाट मुक्ति र खुशीसँग आलिङ्गन हरघडी सम्भव हुँदैन । अनि बलशाली  भएपनि, एउटा विपन्न निर्धो भएपनि सुख र दुःखको क्रमागत प्रभावबाट पर रहन सक्दैन । त्यसैले कसैले अत्यधिक सुख र कसैले अत्यधिक दुःख पाएको हुन सक्छ । सबै दुःखलाई बिर्सेर केही दिनका लागि भएपनि रमाइलो गर्ने, सुख अनुभूत गर्ने अवसर भनेको चाडपर्व हो । जीवनभरि दुःखले जतिसुकै तर्साएको किन नहोस्, चाडको एक दिनले ती समस्त दुःख बिर्साउन मदत गर्छ ।

यसपालि दशैं आर्थिक मन्दीका कारण प्रभावित भएको पाइएको छ । मानिसहरूसँग खर्च गर्ने सामथ्र्य यो दशैंमा कम देखिएको छ । त्यसैले बजारमा भीडभाड छ तर खरीद–बिक्रीको अवस्था कमजोर छ । दुई वर्षअघिको दशैं कोरोनाको जगजगी चलिरहेको कारण प्रभावित रह्यो । गएको दशैं विशेषरूपमा मनाउने अवसर मिल्यो । कोरोनाकालभन्दा अहिलेको आर्थिक मन्दीले सताएको छ । दशैंको अवसरमा वीरगंज महानगरपालिकाले रात्रिकालीन मेला लगायो । व्यापार वृद्धि होला भन्ने आशा लिइएको थियो तर मानिसहरूको भीड भयो व्यापार भने भएन । दर्शै हो किनमेल बढी होला भनेर व्यापारीले रात्रिमेलामा स्टलहरू लिए तर मानिसहरूको क्रयशक्तिमा आएको ¥हासका कारण स्टलहरूसम्म मानिसको पाइला पुगेन । राति ८ बजेपछि युवाहरूको भीड बढ्ने सेक्सोफोन र बेली डान्सका साथै आन्तरिक सांस्कृतिक कार्यक्रमको मज्जा लिएर अबेर राति फर्कने क्रम मात्र देखियो पाँच दिने अवधिमा । भीडको हिसाबले पाँच दिने रात्रिमेला सफल भएको ठानिए पनि व्यापार प्रवद्र्धनका हिसाबले आशाप्रद सफलताको दाबी गर्न सकिंदैन । रात्रिबजारसरह परम्परागतरूपमा वीरगंजमा घटस्थापनादेखि अष्टमीसम्म लाग्ने मुख्य सडकका फुटपाथको बजारले पनि अहिलेसम्म गति लिन सकेको छैन । मानिस आर्थिकरूपमा सम्पन्न र दुर्बल भएपछि त्यसको असर बजारमा पनि हुन्छ । अहिलेको दशैं बजारको अवस्था पनि त्यहीरूपमा भएको मान्नुपर्छ ।

मानिसले पहिले प्राथमिकताको कामलाई अग्रस्थानमा राखेको हुन्छ, त्यसपछि उसले अन्य विलासिताका वस्तुप्रति आकर्षण देखाउँछ । चाडपर्वले मनको विकार सफा गर्छ, मनलाई आशातीत सुखको कल्पना साकार पार्ने शक्ति प्रदान गर्छ, त्यसैले परापूर्वकालदेखि नै चाडपर्वहरूको नियोजन गरिएको पाइन्छ । हाम्रो मन र तनलाई प्रफुल्लित पार्ने, स्वास्थ्यलाई सुदृढ पार्ने, पारस्परिक मित्रता र सम्बन्ध तरोताजा पार्ने काम वातावरणले साथै चाडपर्वहरूले गरिरहेका हुन्छन् । आर्थिक मन्दीमा सामथ्र्यले भ्याए अनुसार रमाऔं । हैन भने आयो दशैं ढोल बजाउँदै, गयो दशैं ऋण बोकाउँदै भन्ने नहोस् । दशैंले सबैमा सुख–शान्ति ल्याओस्, यही हार्दिक मङ्गलमय शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here