प्रस, सेढवा, २७ असोज/

वडादशैं तथा तिहार र छठ पर्व नजीकिंदै जाँदा पर्साको ग्रामीण भेगमा ताश जुवा खेल्नेहरूको सङ्ख्या बढेको छ ।

ठोरी, जीराभवानी, पटेर्वासुगौली, सखुवापरसौनी गाउँपालिका तथा पर्सागढी नगरपालिकाका विभिन्न स्थानमा ताश जुवा खेल्ने क्रम बढेको छ । विशेषगरी युवा यस कुलतमा लागेका तर अन्य उमेरका मानिस पनि संलग्न रहने गरेका छन् ।

जुवाडेहरूले गोप्य तथा सुरक्षित स्थानमा जुवा खेलाउने गरेको बताइएको छ । जुवा खेल्ने स्थलमा जुवाडेहरूले रातभरि होहल्ला गर्ने गरेको आसपासका स्थानीयहरूले गुनासो गरेका छन् । जुवामा ठूलो रकमको हारजीत हुने हुँदा कतिपय परिवारमा कलहसमेत बढेको स्थानीयले बताए । जुवामा हारेको मोटो रकम ऋणका कारण कतिपय जुवाडेहरूले आत्महत्या पनि गरेको बुझिन आएको छ ।

जुवा खेलाउने गिरोहलाई प्रहरी प्रशासनले संरक्षण गरेको स्थानीयको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here