प्रस, वीरगंज, २६ असोज/

मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णदेव यादवले मधेस प्रदेश मातहतका कार्यालयलाई भ्रष्टाचारमुक्त र बिचौलियाविहीन बनाउन सरकार लागिपरेको बताएका छन् ।

पूर्वाधार विकास कार्यालयको उद्घाटन गर्दै मन्त्री यादवले विगतमा धेरै विकास निर्माण कार्यमा अनियमितता भएको आरोप लागेको र अधिकांश विकास निर्माण कार्यका फाइल अख्तियारले लगेकोले अब हुने विकास निर्माण काम पारदर्शी तरीकाले गर्न कर्मचारीहरूलाई निर्देशन दिए । पर्सामा रहेको शहरी भवन डिभिजन कार्यालय र चन्द्रपुरमा रहेको सडक डिभिजन कार्यालयको काम आजदेखि एउटै कार्यालय पूर्वाधार कार्यालयबाट हुने हुँदा काम छिटो हुने र भ्रष्टाचार पनि न्यूनीकरण हुने दाबी गरे ।

मन्त्री यादवले भने, जनताको घरदैलोमा सेवा पुर्याउनुपर्ने भएकोले मधेस प्रदेश सरकारले छरिएका कार्यालयहरूलाई एकै मातहतमा राखेर काम गरिरहेको बताए ।

उनले अहिले धेरै काम बाँकी रहेको र आवश्यकता अनुसार अन्य कार्यालयहरू पनि मर्ज गर्ने बताए । उनले विगतमा एउटै योजनाको लागि तीनभन्दा बढी कार्यालयबाट भुक्तानी लिइएकोले एउटै कार्यालयबाट काम हुँदा भुक्तानीमा अनियमितता नहुने र काम पनि पारदर्शी हुने दाबी गरे । राम्रFे काम गर्ने कर्मचारीलाई प्रोत्साहन र नराम्रFे काम गर्ने कर्मचारीलाई कारबाई गर्ने उनले बताए ।

पूर्वाधार विकास कार्यालय, वीरगंजका प्रमुख दीपक मिश्रको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसदद्वय शङ्कर चौधरी र श्याम पटेल, मन्त्रालयका सचिव अशोक साहलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा मधेस प्रदेश कार्यालयका कर्मचारी तथा नेताहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here