प्रस, पोखरिया, २६ असोज/

वीरगंज महानगरपालिकाको तुलनामा पर्सा जिल्लाका अन्य पालिकाहरूमा खसीको मासुको मूल्य कम छ । वीरगंजमा गत वर्षदेखि रु एक हजारदेखि एक हजार एक सयमा प्रतिकिलो खसीको मासु बिक्री भइरहेको छ भने ग्रामीण क्षेत्रमा आठ सय रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ ।

वीरगंज महानगरका केही ठाउँमा मात्र छालासहितको मासु बिक्री हुन्छ तर ग्रामीण क्षेत्रका अधिकांश ठाउँमा छालासहितको मासुको माग बढी छ । वीरगंज महानगर कटेसँगै विन्ध्यवासिनी, बहुअर्वाभाठा, पोखरिया, लङ्गडी, जानकीटोला, मसिहानी, ठोरीलगायतका क्षेत्रमा छालासहितको मासुको माग बढी छ । यो क्षेत्रमा अधिकांश छालासहितको मासु बिक्री भइरहेको पाइन्छ ।

पोखरियामा छालासहितको मासु रु आठ सय र छालारहित मासु नौ सय प्रतिकिलो छ । लङ्गडी, जानकीटोलामा छालासहितको मासु आठ सय प्रतिकिलो बिक्री भइरहेको छ भने ठोरीमा हालै दुई महीनादेखि नौ सय गरिएको छ । त्यसअघि आठ सयमा बिक्री हुन्थ्यो । मसिहानीमा पनि नौ सयमा मासु बिक्री भइरहेको छ भने विन्ध्यवासिनी, बहुअर्वाभाठामा प्रतिकिलो एक हजारमा बिक्री भइरहेको छ ।

ग्रामीण क्ष्Fेत्रमा बोइलर कुखुरा रु ३६० देखि ३८० प्रतिकिलो छालासहित बिक्री भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here