प्रस, वीरगंज, २५ असोज/

विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति सङ्घ, पर्सा र केडिया आँखा अस्पतालको संयुक्त आयोजनामा बिहीवार वीरगंज–१५ स्थित ज्येष्ठ नागरिक पार्कमा ज्येष्ठ नागरिकहरूको निश्शुल्क आँखा परीक्षण गरिएको छ ।

शिविरमा ३८ जनाको आँखा चेकजाँच गर्दा १३ जना मोतीबिन्दु भेटिएको चिकित्सक अञ्जली चौधरीले बताइन् । मोतीबिन्दुका बिरामीहरूको रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पताल, परवानीपुरमा निश्शुल्क शल्यक्रिया गरिने सङ्घ, पर्साका सभापति भगवतीप्रसाद चौधरीले बताए ।

चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेत्रज्योति सङ्घका केन्द्रीय सदस्य एवं ज्येष्ठ नागरिक सङ्घ, पर्साका अध्यक्ष श्याम पोखरेल, ज्येष्ठ नागरिक सङ्घ मधेस प्रदेशका संयोजक जगदीशप्रसाद शर्मा, नेपाल रेडक्रस सोसाइटी प्रदेश २ का अध्यक्ष फूलमहम्मद मियाँ, महन्तप्रसाद यादव, नेत्रज्योति सङ्घका उपाध्यक्ष मदनप्रसाद गुप्ता, सन्तोष जायसवाल, उमेश गुप्ता, उदयराज शर्मा, मधु राणा, समिता दास, सुनीता नेपाली, अञ्जु श्रेष्ठ, सुरेन्द्रबहादुर रञ्जीतकारलगायतको सहभागिता थियो । शिविरमा अञ्जली चौधरी, राजीव साह, चञ्चलबाबू केवटले प्राविधिक सहयोग पु¥याएको सङ्घ, पर्साका सदस्य राजन श्रीवास्तवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here