प्रस, वीरगंज, २५ असोज/

मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले अस्पताल, क्लिनिक पालिका तथा जनसङ्ख्या मन्त्रालयमा दर्ता छन्/छैनन्, त्यसको सम्पूर्ण जिम्मेवारी पालिकाको हुने बताएका छन् ।

वीरगंजमा बिहीवारदेखि शुरू भएको आव २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको पर्सा जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले पालिकाका स्वास्थ्य प्रमुखहरूले ध्यान दिए स्वास्थ्य क्षेत्रका विकृति हट्ने बताए । पालिकामा आधारभूत अस्पताल स्थापना गर्ने मधेस प्रदेश स्वास्थ्य मन्त्रालयको प्राथमिकता रहेको बताउँदै मन्त्री सिंहले हरेक पालिकामा आधारभूत अस्पताललाई व्यवस्थितरूपमा सञ्चालन गरी सेवा दिन आग्रह गरे ।

स्वास्थ्य कार्यालय, पर्साका वरिष्ठ स्वास्थ्य प्रशासक डा मुक्तिनारायण साहको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य सचिव प्रमोदकुमार यादव, प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, प्रादेशिक आयुर्वेद चिकित्सालयका प्रमुख डा शिवनारायण गुप्ता, नेशनल मेडिकल कलेजका निर्देशक नुसरत जहान अन्सारी, जिल्ला प्रहरी कार्यालय, पर्साका प्रनाउ धु्रवकुमार श्रेष्ठलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय, पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here