प्रस, वीरगंज, २१ असोज/
शिक्षक सरुवा र गुणस्तरीय अध्ययनको माग गर्दै विन्ध्यवासिनी गाउँपालिका कार्यालय घेराउ गर्न पुगेका विद्यार्थीहरूमाथि प्रहरीले लाठीचार्ज गर्दा चारजना विद्यार्थी घाइते भएका छन् ।
विन्ध्यवासिनी गाउँपालिका–२ गर्दाैलस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत खेमबहादुर गोढ, अनुराग यादव, विशाल यादव र कक्षा ८ मा अध्ययनरत कृष्ण मुखिया प्रहरीको लाठीचार्जबाट घाइते भएका बताइएको छ ।
शिक्षक सरुवाको निर्णय फिर्ता लिनुपर्ने र प्रधानाध्यापकलाई सरुवा गर्नुपर्ने माग गर्दै नेपाल राष्ट्रिय मावि गर्दाैल, राधाकृष्ण मावि बहुअर्वा र झौवासमेतका विद्यार्थीहरूले आइतवार गापा कार्यालय घेराउ गरेका थिए । लाठीफाटासहित पुगेका विद्यार्थीहरूको आन्दोलनलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको र सोमा चारजना घाइते भएका थिए ।
तर इप्रका, पोखरियाका प्रहरी निरीक्ष्Fक मोहनविक्रम केसीले विद्यार्थीहरू आफैंले चलाएका ढुङ्गामुढाबाट घाइते भएका बताए । उनले प्रहरीले कुनै हस्तक्षेप नगरेको प्रतिक्रिया दिएका छन् ।
घाइते विद्यार्थीहरूले भने बेन्च, डेस्क, शौचालय, धारालगायतका व्यवस्थापनमा सुधार हुनुपर्ने माग गर्दै विद्यालयको ध्यानाकर्षण गराइएको तर सुनवाइ नभएपछि आन्दोलन गर्नुपरेको बताएका छन् । साथै आज भएको विद्यार्थी आन्दोलनको प्रमुख कारण भने शिक्षकहरूको सरूवा पनि रहेको छ । केही शिक्ष्Fकहरूले विद्यार्थीहरूलाई उक्साएर आन्दोलन गर्न लगाएको आरोप छ । घटनाको गम्भीरतालाई मनन गरी गापा अध्यक्ष्F प्रमोद तिवारीले आन्दोलनरत विद्यार्थीहरूलाई आफ्नो कक्ष्Fमा सम्झाइबुझाइ गरेका थिए ।
उनले विद्यार्थीहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको र विद्यार्थीहरूले पनि आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । यसअघि विद्यार्थीहरूले विद्यालय भवनमा तोडफोड गरेर आगजनी गरेबाट करीब पाँच लाख मूल्यबराबरको क्षति भएको बताइएको छ ।