प्रस, वीरगंज, २१ असोज/
नेपाल खेलकूद महासङ्घ, समाजवादीको आयोजनामा सङ्घीय राजधानी काठमाडौंमा जारी नेकोस खेलकूद महोत्सवमा दौड तथा लङजम्पमा मधेस प्रदेशले दुईवटा पदक हात पारेको छ ।
सय मिटर दौड प्रतियोगितामा पर्साका अरुण महतो प्रथम भई स्वर्ण पदक हात पारे भने लङजम्पमा तेस्रो भएर सर्लाहीकी रोजिना पोखरेलले कांस्य पदक हात पारेको एथलेटिक्स प्रशिक्षक विशेश्वर पटेलले बताए । उनले महोत्सवमा १० विधाका खेलहरू भइरहेको र असोज १३ गतेदेखि शुरू भएको महोत्सव असोज २३ गते समापन हुने बताए ।