राधेश्याम पटेल, वीरगंज, २१ असोज/

वीरगंजको सीमावर्ती भारतीय शहर रक्सौल रेलवे यार्डमा डस्टी कार्गोको ह्यान्डलिङमा रोक लागेको छ । गत ३० सेप्टेम्बरबाट इस्ट सेन्ट्रल रेलवे अनुमण्डल अफिस हाजीपुर, बिहारले नेपालको लागि रक्सौल भएर आउने डस्टी कार्गोको ह्यान्डलिङमा प्रतिबन्ध लगाएको हो । उच्च अदालत पटनामा परेको एक रिटमा सुनुवाइ गर्दै अदालतले गरेको आदेश अनुसार रक्सौलमा डस्टी कार्गो जस्तै क्लिङ्कर, जिप्सम, फ्लाइ–एस, डस्ट कोइलालगायत ह्यान्डलिङमा रोक लगाएको हो ।

रक्सौल रेलवे यार्डको माल गोदाममा डस्टी कार्गो ह्यान्डलिङ हँुदा रक्सौल आसपासका स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै सन् २०१६ मा रक्सौलका बासिन्दाले उच्च अदालत पटनामा सो प्रतिबन्धको लागि रिट हालेका थिए । त्यसको एक वर्षपछि पटना उच्च अदालतले रेलवे विभाग र डिआरएम अफिससँग जवाफ मागेको थियो । त्यसपछि भारतीय रेलवेको इस्ट सेन्ट्रल रेलवे हाजीपुरले पानी छर्केर प्रदूषण हुन नदिन र छ महीनाभित्रै रक्सौलनजीकै रामगढवामा डस्टी कार्गो ह्यान्डलिङ गर्ने भौतिक पूर्वाधार विकास गरी सो कार्य त्यहाँ गर्ने प्रतिबद्धता जनाउँदै डस्टी कार्गोको ह्यान्डलिड्ढो कामलाई जारी राखेको थियो । रेलवेले भने अनुसार नगरेपछि सन् २०१९ मा पुनः रेलवेलाई विपक्षी बनाइ अदालतको मानहानि गरेको भन्दै कन्टेप्ट अफ कोर्ट (अदालतको अपहेलना) निवेदन प¥यो । त्यसपछि उच्च अदालत पटनाले बितेको सेप्टेम्बर महीनाको अन्तिम साता रक्सौल रेलवे यार्डमा डस्टी कार्गो ह्यान्डलिङमा रोक लगाउन आदेश दिंदै इस्ट सेन्ट्रल रेलवे हाजीपुरका प्रबन्धकलाई समेत हाजिर हुन आदेश गरेको छ । सो क्रममा अदालतको आदेश बमोजिम रेलवेले डस्टी कार्गो ह्यान्डलिङमा रोक लगाएको रेलवेको सूचनामा उल्लेख छ ।

प्रतिबन्धको कारण रक्सौलका सर्वसाधारण खुशी भएका छन् भने नेपाली व्यवसायी दुःखी भएका छन् । रक्सौल यार्ड भएर अहिले मुख्यगरी कोइला आउँथ्यो । नेपाली सिमेन्ट र इँटा उद्योगको लागि चाहिने कच्च पदार्थको रूपमा कोइला भारत तथा तेस्रो मुलुकबाट रेलमार्ग भएर रक्सौलसम्म आउँछ । त्यसपछि टिपरमा राखेर आइसिपी वीरगंजको नाका हुँदै नेपाल भित्रिने गरेको थियो । तर अहिले रेलवेको यस्तो निर्देशनले नेपाली उद्योगी एवं ट्रेडिङ व्यवसाय गर्ने दुवै व्यवसायीलाई तनाव भएको छ । रक्सौलमा अहिले मासिक करीब २० ¥याक कोइला मात्रै आउँछ । भारत, दक्षिण अफ्रिका, अमेरिकालगायत देशबाट नेपाली व्यवसायीहरूले कोइला आयात गर्छन् । एक ¥याक कोइलाको वजन ३५ सय टनदेखि ३८ सय टनसम्म हुन्छ । अहिले तेस्रो मुलुकमा कोइलाको मूल्य खस्किएर औसतमा भारु ८ देखि १२ रुपैया प्रतिकिलोको दरमा कोइला आयात भइरहेको छ । भारु ८ मैं ३५ सय टन कोइला भित्रियो भने करीब भारु दुई करोड ८० लाख अर्थात् रु चार करोड ४८ लाख पर्छ । रेलमार्गसम्म रक्सौलसम्म ल्याउँदा ढुवानी खर्च प्रतिटन भारु एक हजार सात सय र रक्सौलबाट टिपरबाट वीरगंज ल्याउँदा प्रतिटन भारु ३५० गरी कुल भारु दुई हजार ५० पथ्र्याे भने कोलकाता र हल्दियाबाट कोइला सडकमार्गबाट ल्याउँदा भारु दुई हजार आठ सयदेखि तीन हजार दुई सय पर्ने व्यवसायीहरूको भनाइ छ । वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधव राजपालले रक्सौलमा लागेको प्रतिबन्धको कारण नेपाली व्यवसायीहरूको ठूलो परिमाणको कोइला भारतको कोलकाता, हल्दिया बन्दरगाहमा अलपत्र परेको जानकारी दिए । रेलवेले रक्सौल यार्डमा कोइलाको ह्यान्डलिङमा मात्रै प्रतिबन्ध लगाएको होइन, रक्सौलको लागि डस्टी कार्गोको बुकिङ, लोडिङ, अनलोडिङसमेतमा प्रतिबन्ध लगाएको उनले स्पष्ट पारे ।

कोलकाता र हल्दियामा अलपत्र परेको कोइला ट्रकमा लोड गरी सडकमार्गबाट ल्याउँदा एक ¥याक कोइलामा करीब भारु ३५ लाख खर्च बढ्ने व्यवसायीको हिसाब छ । भारत, पश्चिम बङ्गाल राज्यको कोलकाता र हल्दिया बन्दरगाहमा चिनियाँ लगानीको हवासिन सिमेन्टको सात ¥याक र होङ्सी सिमेन्टको चार ¥याक गरी कुल ११ ¥याक कोइला अलपत्र परेको व्यवसायीहरूको भनाइ छ । वीरगंजका केही ट्रेडर्सको कोइला कोलकाता र रक्सौलबीच सडकमा अलपत्र परेकोसमेत जनाइएको छ । व्यवसायीले सुक्खा बन्दरगाह भन्सारमा लुज कार्गो यार्डको भुइँलाई ढलान नगरिएकोले कोइला ल्याउने अवस्था नरहेको र त्यहाँ महीनामा २० ¥याक कोइला ह्यान्डलिङ हुन नसक्ने बताएका छन् । त्यसैगरी, रक्सौलनजीकै रामगढवामा स्टेशननजीकै विद्यालय रहेकोले पछि त्यहाँ पनि कोइला ह्यान्डलिङ गर्ने अवस्था नभएको बताएका छन् । रक्सौल यार्डमैं स्प्रिङ्कल लगाएर धूलो उड्न नदिएर कोइला ह्यान्डलिङ गर्न दिइने भन्ने विषयमा पहल गर्न वीरगंज उद्योग वाणिज्य सङ्घले नेपाल सरकारको वाणिज्य विभागलाई पत्राचार गरेको छ ।

नेपाली सिमेन्ट उद्योग ह्वासिन, होङ्सी, मारुती, युनाइटेड, कसमस र ट्रेडर्सहरूमा लतिका कामोडिटी, प्लाटिनम, मार्केटिङ, जैसवाल कोपरेशन, अरियन्त इन्फ्रास्ट्रक्चर, पाथीभरा प्रसिद्धि ट्रेड एन्ड सप्लायर्स, जेमस्टोन मिनरल्स प्रालिलगायतले भारत तथा तेस्रो मुलुकबाट रक्सौल रेलवे यार्ड हुँदै नेपालको लागि कोइला आयात गर्ने गरेका छन् । भारतको कोलकाता र हल्दियाबाट नेपाली नाका रक्सौल रेलवे स्टेशनसम्म मात्रै डस्टी कार्गो ह्यान्डलिङ हँुदै आएकोमा अब त्यो पनि बन्द भएपछि नेपाली व्यवसायीको उत्पादन लागत बढ्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here