प्रस, वीरगंज, २० असोज/

वीरगंज महानगरमा अहिले उपद्रवी समूह आपसी सद्भाव बिगार्नमा लागेको जनाइएको छ ।

सो समूहले वीरगंज–१४ पिपरा, बौधीमाई जाने बाटोमा नहर सडकलाई  पटेल चोक नामकरण गरी गाडिएको बोर्ड गएराति भत्काएको छ । त्यतिमात्र होइन, महानगरले विभिन्न सूचनामूलक बोर्ड सोही ठाउँमा झुन्डाएकामा राति केही युवाहरूको समूहले तोडफोड गरेको थियो । स्थानीयका अनुसार शुक्रवार राति  करीब ११ बजे ८–१० वटा मोटरसाइकलमा आएका युवाहरूले विभिन्न नारा लगाउँदै मन्दिर अगाडि गाडिएका सबै बोर्ड भत्काएका थिए ।

गण्डकदेखि राधेमाईसम्म सडक निर्माण हुनुअघि नै सर्वसहमतबाट सडकको नाम पटेल सडक नामकरण भई बोर्ड राखिएको थियो ।

युवा समाज पिपराका अध्यक्ष अनिल पटेलका अनुसार सो क्षेत्रमा अहिले केही दिनदेखि उपद्रवी समूह राति मोटरसाइकलमा आउने र घरघरमा ढुङ्गा फ्याँक्ने गरेको छ । स्थानीयवासीले राति मोटरसाइकलमा आउने युवाहरूका डरले केही दिनदेखि सुत्न नपाएको बताए । उनीहरूले सो समूहले जाँडरक्सी खाएर ठूलो स्वरमा विभिन्न किसिमका गालीहरू दिने गरेको बताएका छन् ।

यस विषयमा वडा प्रहरी कार्यालय, श्रीपुरमा सम्पर्क गर्दा स्थानीयहरूले उपद्रवी युवाहरूको समूहबारे उजूरी दिएको स्वीकार गरेको छ । वप्रकाले सो समूहको खोजी शुरू गरिसकेको जनााएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here