प्रस, वीरगंज, १९ असोज/

वीरगंज महानगरपालिका–१ बजार छपकैयाान एकजना विवाहित महिलाको हत्या भएको छ । शुक्रवार बिहान ४० वर्षीया पूनमदेवी सोनारिन घाइते अवस्थामा फेला परेको र उनलाई उपचारको लागि नारायणी अस्पताल लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा लगिएकोमा त्यहाँ उनको निधन भएको प्रहरीले जनाएको छ ।

मृतक पूनम पेशाले ब्युटिशियन हुन् । उनको वडा नं ३ वडा कार्यालयअगाडि ब्युटिपार्लर रहेको छ । उनको टाउकोमा धारिलो हतियार प्रहार भएकोले हत्या गरिएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ । हत्याको कारण खुल्न सकेको छैन भने हत्यारा पनि पत्ता लागेको छैन ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता कुमार विक्रम थापाले घटना सम्बन्धमा अनुसन्धान भइरहेको बताएका छन् ।

वीरगंज महानगरपालिका–१ छपकैयामा गएराति महिलाको हत्याका कारण अहिले पर्सा प्रहरीको चौतर्फी आलोचना शुरू भएको छ । ती महिला आफ्नै घरमा सुतिरहेको बेला उनको हत्याको प्रयास भएको र उपचारको क्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले दाबी गरेको छ ।

घटनास्थलमा पुगेर स्थानीय तथा पर्सा प्रहरीसँग सम्पर्क गर्दा मृत्युको कारण फरकफरक रहेको पाइएको थियो । स्थानीयका अनुसार मृतक पूनम भारतीय हुन् । उनी लामो समयदेखि आफ्नो घरमा एक्लै बस्दै आएकी थिइन् । उनकी छोरीको बिहे भइसकेको र छोरा चार वर्षअगाडि दिल्ली पढ्न गएपछि घरदेखि चार मिटरपूर्व एकजनाको घरमा ब्यूटिपार्लर सञ्चालन गर्दै आएको छिमेकीहरूको भनाइ छ ।

बिहान ७ बजे पसलमा जाने तर राति कति बेला आउने कसैलाई थाहा नहुने छिमेकीको भनाइ छ ।

उनका पति गगनदेव २५ वर्षदेखि भारतको ग्वालियरमा मैदा कारखानामा काम गर्छन् । पति केही समयको लागि कहिलेकाहीं घर आउने गरेको छिमेकीको भनाइ छ ।

पूनमले भाडामा लिएर सञ्चालन गरेको ब्युटीपार्लरका घरधनी, उनका छोरा र बुहारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रहरी अधिकृतका अनुसार घरबहाल दिने व्यक्तिको छोरालाई बिहान नियन्त्रणमा लिएको र राति बुहारी र उनका बुबालाई पक्राउ गरिएको थियो । प्रहरीले अनुसन्धान गरिरहेकोले उनीहरूको नाम सार्वजनिक गरेको छैन ।

पूनमको मोबाइल कल डिटेलबाट घरधनीका छोराबीच बढी कुरा भएकोले उनीहरूलाई नै पहिलो अनुसन्धानको घेरामा राखेर अनुसन्धान भइरहेको प्रहरीको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here