प्रस, वीरगंज, १४ असोज/
वीरगंज–४ बिर्तास्थित बाल सुधारगृहबाट शुक्रवार बिहान २ बजे भागेका दुईजना बालकैदीलाई आइतवार पर्सा प्रहरीले पक्राउ गरेको छ ।
बाल सुधारगृहबाट सिराहा औरहीका १७ वर्षीय पाण्डे यादव र सर्लाहीका अमरकान्त ठाकुर भागेर भारत पुगेका र प्रहरीले आइतवार दुवैजनालाई भारतबाट पक्राउ गरी ल्याएको हो ।
खोजीका लागि फरार बालकैदीहरूका घरमा प्रहरी परिचालन गरिएको र सोही सूचनाका आधारमा उनीहरू भारतबाट पक्राउ परेका हुन् ।
एकजना पर्सा जिल्लाबाट भारत प्रवेश गरेको र अर्काे सिराहाबाट भारत प्रवेश गरेकोमा दुवैलाई आजै पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।