प्रस, वीरगंज, १० असोज/

नारायणी अस्पतालको १३१औं वार्षिकोत्सवको अवसरमा बुधवार आयोजित रक्तदान कार्यक्रममा ३४ जना महिलासहित सयजनाले रक्तदान गरेका छन् ।

अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा आरती चौरसिया, प्रिया साह, शर्मिला महर्जन, रिङ्कु साह, ममता चौधरी, किरण कुमारी, प्रजिना श्रेष्ठ, वन्दना साह, शीला चौहान, रिया न्यौपाने, तृप्ति सापकोटा, अञ्जु सुनार, पूजा यादव, जेनिशा थापा, कञ्चन कार्की, रूपा कार्की, राजदीपा चौधरी, सन्तोष गुप्ता, अभिनव कुशवाहा, रामकुमार उपाध्याय, सुमन सापकोटा, आदेशकुमार चौरसिया, ललन राउत, अनिकेत गुप्ता, राजीव सर्राफ, दीपेन्द्र सिंह राजपूत, कमलेश मिश्र, सुमीत रौनियार, राकेश यादव, साहेब अन्सारीलगायतले रक्तदान गरेका रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए ।

कार्यक्रममा अस्पतालका मेसु डा चित्तरञ्जन साह, सूचना अधिकारी डा उदयनारायण सिंह, अस्पताल कर्मचारी युनियनका पूर्वअध्यक्ष रामेश्वरप्रसाद, डा प्रभाकर पाण्डेलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here