- डा शिवशङ्कर यादव
चिन्ताका कारणहरू निम्नलिखित छन्–
१. साइकोडायनामिक थ्योरी २. बिहैवियरल थ्योरी ३. कग्निटिभ थ्योरी ४. बायलोजिकल थ्योरी, जसमा आउँछन्– जिनेटिक, केमिकल, बेन्जोडाइजिपिन रिसेप्टर, अदर न्युरोट्रान्समिटर र एनाटोमिकल थ्योरीहरू ।
चिन्ता रोगको वर्णन बीचैमैं स्थगित गरेर हामीले दुई अङ्क बुढ्यौली रोगको वर्णनमा खर्च ग¥यौं । त्यो सकेपछि अब फेरि चिन्ता रोगको वर्णनमा फर्केका छौं । याद गर्नुस्, हामी चिन्ताका कारणसम्म पुगेका थिऔं, जसका उपरोक्त चार कारणमध्ये साइकोडायनामिक थ्योरीको वर्णन भइसकेको थियो । अब बाँकी छन्–
२. बिहेवियरल थ्योरी ः यसको मतलब हुन्छ, जीवको व्यवहारमा देखिने कारण । यस अनुसार चिन्ता कुनै पनि जीवको जीवनमा घटित पीडा र खतराविरुद्धको प्रतिक्रिया वा व्यवहार हो । जब यो प्रतिक्रिया विना कुनै पीडा वा खतरा पनि परिलक्षित हुन्छ भने त्यो नै वास्तविक चिन्ता हो । यो थ्योरी उपचारमा त काम लाग्छ तर चिन्ताको विस्तृत व्याख्यामा काम लाग्दैन ।
३. कग्निटिभ थ्योरी ः कग्निटिभको मतलब हुन्छ एकत्रित । तपाईंको ब्रेनमा सबै संवेदनाको प्रोसेसिङ एकैसाथ हुन्छ । तर चिन्ताको अवस्थामा के देखिन्छ भने डर आदि नकारात्मक कुराको प्रोसेसिङ नै अनुपातमा बढी हुन्छ र चिन्ताको रूप लिन्छ ।
४. बायोलोजिकल थ्योरी ः यसको मतलब हुन्छ, शरीरको बायलोजीमा गडबडी । यस अन्तर्गत जिनेटिक, केमिकल, जिएबिए बेन्जोडायजोपिन, अदर न्युरोट्रान्समिटर, न्युरोएनाटोमिकल र अर्गेनिक थ्योरी आउँछन् ।
जिनेटिक थ्योरी अनुसार व्यक्तिमा चिन्ता उसको जीनमा नै हुन्छ । १५ देखि २० प्रतिशत देखिएको चिन्तामा व्यक्तिको बुबा वा आमामा पनि चिन्ता पाइएको छ । जुम्ल्याहा बच्चा दुई प्रकारका हुन्छन्ः मोनोजाइगोट र डाइजाइगोट । मोनोको मतलब हुन्छ कि एउटै जाइगोट दुई भागमा विभक्त भएर दुईटा भ्रूणले बच्चा बनाउँछ, जसमा दुवै या त पुरुष या दुवै महिला हुन्छन् । डाइजाइगोटको मतलब हुन्छ, दुईटा बेग्लाबेग्लै जाइगोटको एक साथ निसेचन । यसमा भ्रूण पुरुष वा महिला एकसाथ हुन्छन् । के देखिएको छ भने मातापिताबाट आएको चिन्ता डाइजाइगोटभन्दा मोनोजाइगोटमा चार गुणा बढी हुन्छ । भन्न परोइन कि यसमा जीनको नै भूमिका हुन्छ ।
केमिकल इन्ड्युस्ड चिन्तामा केही केमिकलले चिन्ता ल्याउँछ र केहीले चिन्ता ठीक पनि गर्छ । मानिसलाई नसाबाट सोडियम लैक्टेट वा आइसोप्रोटिनाल वा कैफिन दिनुस् अथवा पाँच प्रतिशत कार्बनमोनोक्साइड सुँघाउनुस्, मानिसमा सितिमिती होइन, प्यानिक चिन्ताले समात्छ । तर यदि मानिसलाई पहिले नै एमएओई दिइएको छ भने प्यानिक इफेक्ट हुँदैन । यसको मतलब यो भयो कि केही केमिकलले चिन्ता पैदा गर्छ भने केहीले औषधिको पनि काम गर्छ ।
जिएबिए बेन्जोडाइजिपिन थ्योरी सर्वाधिक आधुनिक सिद्धान्त हो । जिएबिएको पूरा नाम हुन्छ, गामा एमाइनो ब्युटेरिक एसिड । यसका दुई प्रकार हुन्छन्– टाइप १ र टाइप २ । यही ब्रेनको इन्हिविटरी न्युरोट्रान्समिटर हो, मतलब यो कि कुनै पनि अवाञ्छित संवेगलाई रोक्न सक्ने केमिकल । जब यसको प्रवाहमा गडबडी हुन्छ, तब मानिस चिन्ताको आवेगलाई रोक्नमा असमर्थ हुन्छ अथवा चिन्ताले समात्छ । बेन्जोडाइजिपिनले जिएबिएको प्रवाहको यसै गडबडीलाई ठीक पारिदिन्छ र रोगीलाई निको पार्छ । यसैलाई जिएबिए बेन्जोडाइजिपिन थ्योरी भनिन्छ ।
अदर न्युरोट्रान्समिटरमा आउँछन् नरइपिनेफ्रिन, सिरोटिनिन र डोपामिन । शरीरमा यिनको कमीले पनि चिन्ता गराउँछ ।
न्युरोएनाटोमिकल थ्योरीमा ब्रेनका अनेक भागमध्ये लोकस सेरुलस, लिम्बिक सिस्टमर प्रिफ्रोन्टल कार्टेक्स । यिनमा जब रगतको प्रवाह बढी हुन्छ, तब चिन्ता देखिएको छ तर पनि कडा चिन्तामा प्रवाह कम भएको हुन्छ । अतः ब्रेनका यी भागमा रगतको सञ्चार सन्तुलित हुनुपर्छ ।
अर्गेनिक थ्योरी अनुसार चिन्ता कुनै शारीरिक बिमारीले गर्दा सेकेन्ड्रीरूपमा परिलक्षित हुन्छ, जसरी थायरायड हार्मोनको कमी वा बढी भएमा, कोरोनरी हार्ट डिजिज भएमा ।
उपचार ः चिन्ताको उपचार बुँदागतरूपमा निम्नलिखित छन् ः
१. शारीरिक क्रियाशीलता र स्वनिर्णयको विकास
२. धुम्रपान नगर्ने, मदिरा वा कुनै मादक पदार्थबाट परहेज
३. रिलेक्सेसन एक्सरसाइज ः योगासन, शवासन आदि
४. सन्तुलित भोजन
५. भरपूर निद्रा
६. औषधिमा बेन्जोडाइजिपिन र हलुका एन्टिडिप्रेसेन्टले काम गर्छ, जसमा बेन्जोडाइजिपिनले जेनरलाइज्ड र प्यानिक दुवै चिन्तामा काम गर्छ तर माइल्ड एन्टिडिप्रेसेन्टले केवल प्यानिक चिन्तामा नै काम गर्छ । यसको अलावा प्रोपेनोल र एटिनोल नामक औषधि स्टे«स र परीक्षाले उपस्थित गरेको चिन्तामा दिइन्छ । बेन्जोडाइजिपिनको साटोमा आजभोलि बुसपिरोन पनि दिइन्छ, यसले मानिसमा डिपेन्डेन्सी ल्याउँदैन तर यसले प्यानिकमा काम गर्दैन । बेन्जोडाइजिपिन दुवैमा काम गरे पनि डिपेन्डेन्सी पैदा गर्ने औषधि हो । अतः चिकित्सकको सटीक सल्लाहमा नै कुनै औषधिको प्रयोग गर्नुपर्छ । अस्तु