बालबालिकाहरूको दिवाखाजामा अनियमितता, सरकारको दोष कि शिक्षकको बदमाशी
धर्मेन्द्र चौरसिया, पोखरिया, २१ भदौ/ पर्सा जिल्लाका सामुदायिक विद्यालयहरूमा दिवाखाजाको नाममा अनियमितता भएको पाइएको छ । सरकारले पछिल्लो समय कक्षा ६ सम्मका विद्यार्थीहरूलाई दिवाखाजाको व्यवस्था गरेको छ । सोअनुरूप एकजना विद्यार्थीलाई रु १५ बराबरको खाजा विद्यालय सञ्चालन रहेको बखत व्यवस्था गर्नुपर्छ । सरकारले साताको छ दिन खुवाउने खाजाको पनि वर्गीकरण गरेको छ । एउटै खाजा […]
२०८० भदौ २२ गते शुक्रवार को प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
सङ्कटमा बचतकर्ताहरू, सञ्चालकहरूको मौजमस्ती
प्रस, वीरगंज, २१ भदौ/ करोडौं रुपैयाँ लिएर भागेका सहकारीहरूलाई स्थानीय सरकार तथा प्रहरीले संरक्षण दिइरहेको आरोप पीडितहरूले लगाएका छन् । एक वर्षभित्रमा करोडौं रुपैयाँ लिएर वीरगंजबाट तीनवटा सहकारी संस्था फरार भएपनि ती सहकारीका सञ्चालकहरूलाई कसरी, कसले कारबाही गर्ने विषयमा अहिले फरकफरक मत देखा परेका छन् । बचतकर्ताहरूका करोडौं रुपैयाँ लिएर भाग्ने सहकारी सञ्चालकहरू खुलेआम घुमिरहे […]
अनुमतिविना सञ्चालित थप दुई कलेज सिल
प्रस, वीरगंज, २१ भदौ/ वीरगंज महानगरपालिकाको नियमन समितिले बिहीवार पुनः दुईवटा अनुमतिविना सञ्चालित क्याम्पसमा सिलबन्दी गरेको छ । महानगरको नियमन समितिका संयोजक ईश्वरचन्द्र यादवले वीरगंज महानगरपालिका–९ स्थित सत्यम पब्लिक कलेज र वडा नं ८ मा रहेको पर्सा म्यानेजमेन्ट कलेजमा आज सिल गरिएको बताए । सो कलेजले एउटा विद्यालयको सञ्चालन इजाजत लिएर रानीघाटस्थित शुभतारा स्कूलको भवनमा […]
चिनियाँ उपप्रधानमन्त्री नेतृत्वको टोली प्योङयाङ जाँदै
बेइजिङ, २१ साउन/सिन्ह्वा चीनका उपप्रधानमन्त्री लिउ गुओझोङ प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको ७५ औं स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन प्योङयाङ भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत रहेका उपप्रधानमन्त्री लिउ कोरियाको श्रमिक पार्टी र उत्तर कोरिया सरकारको निमन्त्रणमा सिपिसी र सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्योङयाड्ढो […]
समृद्धिको बाधक अनौपचारिक अर्थतन्त्र
शीतल महतो अनौपचारिक अर्थतन्त्र भन्नाले राज्यका ऐन, कानून तथा आदेशको अवज्ञा गरी अदृश्यरूपमा आर्थिक गतिविधि सञ्चालन गर्नुलाई बुझिन्छ । सामान्य अर्थमा कुनै सरकारी निकायमा दर्ता नभएका तथा कुल गार्हस्थ्य उत्पादनको गणनामा नपरेका असङ्गठित क्रियाकलापहरूबाट गरिएका सबै प्रकारका आय तथा आम्दानीसँग सम्बन्धित आर्थिक गतिविधिलाई अनौपचारिक अर्थतन्त्रका रूपमा लिने गरिन्छ । अनौपचारिक क्षेत्र हावी हुँदा मुलुकको आय […]
चीनको चिन्ता
विश्वराज अधिकारी विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन अहिले चिन्तामा छ । चिन्ताका अनेक कारण छन् । तर प्रमुख कारण भने आर्थिक हो । कमिलालाई आफ्नै टाउको भारी, हात्तिलाई आफ्नै टाउको भारी भन्ने उखान चीनको सन्दर्भमा लागू हुँदैन । चीनको ठूलो टाउको उसलाई साँच्चीकै अहिले भारी भएको छ । चीनमा अहिले पनि गरीबी छ, भारतजस्तै । […]
चिनियाँ राजदूतको अमर्यादित टिप्पणी
श्रीमन्नारायण नेपालको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप र टिप्पणी गर्ने चिनियाँहरूको स्वभावमा कमी आएको छैन । यसपटक नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल–भारत मामिलामा अनावश्यक र हस्तक्षेपकारी टिप्पणी गरेका छन् जसको चारैतिर आलोचना भइरहेको छ र कतिपय विज्ञहरूले त चिनियाँ राजदूतसित यसबारे स्पष्टीकरणसमेत माग गरेका छन् । चिनियाँ राजदूतले दक्षिणी छिमेकी भारतसँग रहेको आर्थिक सम्बन्ध […]
२०८० भदौ २१ गते बिहीवार को प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
ड्राइपोर्टबाट दशवटा कन्टेनर चोरी, सिपिङलाइनले खोज्न थाले कन्टेनर
राधेश्याम पटेल, परवानीपुर, २० भदौ/ श्रीसियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय, वीरगंजमा अहिले अन्तर्राष्ट्रिय सिपिङलाइन कम्पनीहरूले आआफ्नो कन्टेनरको खोजी कार्य शुरू गरेका छन् । ड्राइपोर्ट भन्सार यार्डबाटै सञ्चालनको ठेक्का पाएको प्रिस्टिन भ्यालीकै कर्मचारीको सेटिङमा दशवटा कन्टेनर चोरीका घटना सार्वजनिक भएपछि अधिकांश सिपिङलाइन कम्पनीले आआफ्ना स्थानीय प्रतिनिधिमार्फत कन्टनेरहरूको खोजी कार्य शुरू गरेका हुन् । ड्राइपोर्ट भन्सारमा अहिले […]