प्रस, वीरगंज, १६ भदौ/

वीरगंजबाट प्रकाशित वीरगंज सञ्जाल दैनिकको प्रथम तथा वीरगंज सञ्जाल डटकमको पाँचौं वार्षिकोत्सव कार्यक्रम नेपाल पत्रकास महासङ्घ पर्सा शाखामा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष  अनुप तिवारीले पत्रकारिताको नाममा ठग्ने काम भइरहेकाले सो कार्य रोक्न जरुरी रहेको बताए । उनले समाजप्रति उत्तरदायी नहुने तर समाजलाई ठग्ने, लुट्ने व्यक्तिहरूको पक्षमा लेख्ने पत्रकारहरूलाई समाजले नै बहिष्कार गर्नुपर्ने जिकिर गरे । उनले केही पत्रकारहरूको सामाजिक सञ्जालको पेज हेर्दा केही निश्चित व्यक्ति वा सङ्गठनका पक्ष र विपक्षबाहेक समाजका अन्य घटनाबारे लेखेको खासै नदेखिने गरेको टिप्पणी गरे । उनले लेखन सुधार गर्दै समाजमा विद्यमान विकृतिबारे कलम चलाउन आग्रह गरे । उनले भ्रष्टाचारसम्बन्धी समाचार लेख्दा पनि स्वार्थरहित निष्पक्ष भई कलम चलाउन आग्रह गरे । उनले स्वार्थ प्रतिकूल भएमा मात्र पत्रकारले जताततै भ्रष्टाचार देख्ने प्रवत्तिले पत्रकारिता बदनाम भइरहेको बताए ।

वीरगंज सञ्जाल पत्रिकाका सम्पादक आरसी यादवले पत्रिकाले छोटो समयमा पाठकवर्गको मन जितेको दाबी गरे ।

कार्यक्रममा सम्पादक एसके पण्डित, सहसम्पादक रञ्जीत यादव,  प्रतिनिधिहरू कुमार चन्दन, सिकिन्द्र साह, राजन बनियाँ, उपेन्द्र साह, श्रुति साह, राज पासवान, रामनिवास पटेललाई सम्मान गरिएको थियो ।

सञ्जालका सञ्चालक कृष्ण श्रीवास्तवको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here