प्रस, वीरगंज, १३ भदौ/
सशस्त्र प्रहरी १३ नं गणका गणपति स्व सुमन थापलियाको १३औं दिनको पुण्यतिथिमा बुधवार श्रद्धाञ्जलिसभा आयोजन भएको छ ।

श्रदाञ्जलिसभामा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सङ्गठनले क्षमतावान्, मृदुभाषी, कार्यगत दक्षता भएको सदस्य गुमाएको बताए । स्व थपलियाले आफ्नो कार्यकालमा गरेका योगदान सङ्गठनको इतिहासमा लेखिने उनले बताए ।

नगरप्रमुख राजेशमान सिंहले पर्सामा थोरै समय बिताएका थपलियाले सङ्गठनमा ल्याएको परिवर्तनले उनको कार्यदक्षतालाई दर्शाएको बताए । उनको एक्कासि असामयिक निधनले आफूलाई धेरै दुःखी बनाएको नगरप्रमुख सिंहले बताए । प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, डिआइजी दीपेन्द्र शाह, उपप्रमुख इम्तियाज आलम, वीउवासङ्घका अध्यक्ष अनिल अग्रवाल, पूर्वअध्यक्षहरू प्रदीप केडिया, अशोक बैद, अशोक टेमानी, जगरनाथपुर गापाका अध्यक्ष श्रीकान्त यादवलगायतले शोक मन्तव्य व्यक्त गरेका थिए ।

स्व थपलिया २०३६ जेठ १७ गते नुवाकोटमा जन्मेका थिए भने काठमाडौं तारकेश्वर नगरपालिका–१ मा बस्दै आएका थिए । २०६० सालमा तेस्रो ब्याचको सशस्त्र प्रहरीमा भर्ना भई २०६७ सालमा सप्रनाउ तथा २०७९ मा सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएका थिए । उनी माउटेन मेडिसिन तालीमका प्रशिक्षक थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here