प्रस, पोखरिया, १० भदौ/
ठोरी गाउ“पालिका अध्यक्ष लालबहादुर श्रेष्ठले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालस“ग आइतवार मन्त्रालयमा भेट गरी ठोरीको समस्या समाधानका विषयमा पहल गर्न आग्रह गरेका छन् ।

ठोरीको दीर्घकालीन विकासको लागि सरकारस“ग समन्वय गर्न काठमाडौं पुगेका अध्यक्ष श्रेष्ठले मन्त्री रिजाललाई भेटेर समस्या समाधानका विषयमा पहल गर्न अनुरोध गरेका हुन् ।

उनले अधूरो हुलाकी सडक निर्माण, ढेडुखोलाको पुल निर्माण, वर्षौंदेखि बाढीले कटान गर्दै आइरहेको ठुटेखोला, ओरिया खोला, ओडार खोलालगायतमा दीर्घकालीन तटबन्ध निर्माणका लागि सरकारको सहयोगको खा“चो रहेको भन्दै यी विषयमा पहल गर्न मन्त्री रिजालस“ग आग्रह गरे ।
अध्यक्ष श्रेष्ठले अहिलेसम्म ठोरीवासीले लालपुर्जा प्राप्त गर्न बा“की रहेकाले पुर्जाविहीन ठोरीवासीलाई पुर्जा वितरण गर्ने वातावरण मिलाउन पनि आग्रह गरेका थिए ।

सो अवसरमा मन्त्री रिजालले आफ्नो स्तरबाट हुने सबै प्रयासहरू गरेर ठोरीको समस्या समाधानमा पहल गर्ने आश्वासन दिएका थिए । उनले आफ्नो निर्वाचन क्षेत्र पनि भएकोले ठोरीको समस्यालाई गम्भीरतापूर्वक उठान गर्ने र समस्या समाधान गराउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here