प्रस, पर्सागढी, २ भदौ/
पर्सागढी नगरपालिका–३ स्थित जनता माध्यमिक विद्यालय पकडिया बडनिहारको आयोजना तथा इभेन्ट–११ बुद्धनगर काठमाडौंको सहयोगमा परियोजना दोस्रोको तेस्रो बजेट कार्ययोजना शीर्षक खर्चसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामायण चौधरीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा अनुदान बजेटको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रगति प्रतिवेदनमा माछा पाल्ने पोली पोखरी निर्माण, दही मथ्ने मेशिन खरीद, ससाना मर्मत तथा निर्माण, शैक्षिक सुधार प्रशिक्षण, अनुसन्धान तथा तथ्याङ्क व्यवस्थापनतर्फ कार्यमा खर्च गरिएको प्रगति प्रतिवेदन प्राविधिक शिक्षालय पकडिया बडनिहारका संयोजक तपेश्वरप्रसाद यादवले प्रस्तुत गरेका
थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य श्रवणप्रसाद, वीरेन्द्र माझी, राजकुमार महतो, जानकी देवी, वडाध्यक्ष सुकमान तामाङ, सदस्य रामजीवन खाँ, सर्बत चौधरी, नगरपालिका बोर्ड प्रतिनिधि सीता लामा, प्रअ मोहनप्रसाद चौधरी, समाजसेवी अशोक बुर्लाकोटी, नकुल बानियाँलगायतको सहभागिता थियो ।

कार्यक्रममा स्वागत आमोदेवी जनता क्याम्पसका प्रमुख नागेश्वर मुखियाले गरेका थिए भने सहजीकरण शिक्षक डिलीराम आचार्यले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here