प्रस, निजगढ, ३१ साउन/
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको निजगढ–पथलैया सडकखण्डस्थित निर्माणाधीन दुधौरा पुल डाइभर्सनमा पुल विभाग, काठमाडौं र ठेकेदार कम्पनीको चरम लापरवाही हँुदै आएको देखिएको छ । पुल निर्माणका लागि करीब दुई सय मिटर लम्बाइको डाइभर्सनमा ठूलाठुूा खाल्डा परेको एक महीना बिते पनि न त पुल विभाग, न त पुल निर्माण ठेकेदार कम्पनीले खाल्डाखुल्डी पुर्न वास्ता देखाएका छन् ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतका सडकखण्ड सवारीसाधन आवतजावतका लागि लाइफलाइन हो । यही सडक भएर पूर्वदेखि पश्चिम, पश्चिमदेखि पूर्वसम्म अर्थात् देशकै कुनाकुनामा मालसामान ढुवानी, यात्रुहरू ओहोरदोहोर गर्ने गर्छन् । तर यही राजमार्गको सडकखण्डमा निर्माण शुरू गरिएका पुल, सडकहरू वर्षौंसम्म अलपत्र रहनुका एउटा पाटो रहे पनि नजीकैको दुधौरा खोलाको ग्राभेलसम्म लगेर खाल्डाखुल्डी पुर्न बेवास्ता गर्दै आइरहेको छ । यसबारे जिल्ला प्रशासन कार्यालय, बारा, मधेस प्रदेश ट्राफिक कार्यालय, पथलैयाले समेत चासो देखाएको पाइँदैन ।

दैनिक सयौं सवारीसाधन र हजारौं यात्रुहरू सहजरूपमा आवतजावतका निम्ति अस्थायी पुल बेलिब्रिजको दुवैतर्फ समेत साँघुरो र खाल्डाखुल्डी व्यापक मात्रामा छन् । तर मर्मतसम्भार र पुर्न दिइएको छैन । जसका कारण त्यस डाइभर्सन भएर ओहोरदोहोर गर्न सवारी साधन र यात्रुहरूले सास्ती खेप्दै आइरहेका छन् ।

बाराको निजगढ–पथलैया सडकखण्डको दुधौरा पुल निर्माण शुरू गरिएको चार वर्ष बित्यो । तर पुलको काम ५० प्रतिशत मात्र सम्पन्न भएको छ । ठेक्का सम्झौता अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सो पुल तोकिएकै समयसीमाभित्र निर्माण नहुँदा यस राजमार्ग भएर दैनिक सयौंका सङ्ख्यामा गुड्ने सवारीसाधन र यात्रुहरूले जोखिम झेल्दै आइरहेका छन् ।

शुरूमा भासिएको पिलरलाई भत्काइ रेक्ट्रोफिटिङ गरियो । तर पनि पिलर जमीनमुनि भासिन छोडेन । दुईपटक पुलको पिलर भासिएपछि एशियन हाइवेको रूपमा रहेको सडक विस्तारसँगै यस पुललाई पूर्णरूपमा निस्तेज गरी नयाँ पुलको काम थालिएको चार वर्ष नाघ्यो । काम कम अलपत्र हुने ठेकेदारी रोगले अझै छोडेन । यसतर्फ न त पुल विभाग महाशाखा काठमाडौंको समयमा नै ध्यान गयो, न त राज्यका अन्य सरोकारवाला निकायहरूको नै निर्माणलाई निरन्तरता दिन झकझक्याउने काम नै भए । सडक सञ्जालको हिसाबले मुलुककै लाइफलाइनको रूपमा रहेको एकमात्र पूर्व–पश्चिम महेन्द्र राजमार्गमा रहेको अलपत्र बेवारिसे यस दुधौरा पुलको बारे बारा क्षेत्र नं ४ बाट सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले आग्रह गरेपछि पुल निर्माणको कार्यले गति लिएको थियो ।

वर्षायाममा मात्र निर्माण कार्य अलपत्र हुने होइन । अन्य सहज मौसममा पनि लामो समयसम्म पुलको काम बेवारिसे बन्दा एम्बुलेन्स, मोटरसाइकल, जीप, कारलगायत अन्य साना तथा ठूला सवारीसाधनले कठिनाइ भोग्दै आइरहेका गाडी चालक मुन्ना साहले बताए । खाल्डाखुल्डी पनि पुर्दैनन् । अहिले निकै ठूला ठूला खाल्डाखुल्डी छन् । ट्राफिक प्रहरी र प्रहरी प्रशासनले देखेका छैनन् र ? ठेकेदारले पुर्ने हो कि सडक विभागले गर्नुपर्ने हो । यसतर्फ कसैको ध्यान जाँदैन अधिकांश साना तथा ठूला सवारी चालकहरू आक्रोशित हँुदै भन्छन् ।

“हाम्रा गाडीमा सानो तिनो समस्या भयो भने, जरिवाना काट्न हतारिने तीन किलोमिटर नजीकै पथलैयामा रहेको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय, १८ किलोमिटर पर पूर्वमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढ, बाराले अहिलेसम्म डाइभर्सन बेहाल देखेको छैन र ?” अधिकांश चालक भन्छन् ।

डाइभर्सनका कारण सबैभन्दा बढी ज्यानको जोखिम एम्बुलेन्समा लिएर जाने बिरामीहरूलाई हुने गरेको एम्बुलेन्स चालकहरू भन्छन् । ठूला गम्भीर प्रकृतिका बिरामी, प्रसव पीडाका बिरामीलगायत अन्य बिरामी दैनिक ८–१० वटा एम्बुलेन्स यस जोखिमपूर्ण डाइभर्सन छिचोल्दै वीरगंज, हेटौंडा, चितवन, काठमाडौंका अस्पतालमा जाने गर्छन् । बर्दिबास, लालबन्दी, सर्लाही, रौतहटका विभिन्न ठाउँबाट बिरामीहरू लिएर आउँदा सहज भएपनि यो तीन सय मिटर लम्बाइको डाइभर्सन दुई सय किलोमिटरको जस्तो हुने यहाँबाट गुड्ने एम्बुलेन्स चालकहरू भन्छन् ।

दुर्घटनाका घाइते, प्रसूति पीडालगायतका गम्भीर प्रकृतिका बिरामीलाई सडक र डFइभर्सन खराब हुँदा समयमैं अस्पताल पु-याउन ढिला हुने निजगढका एम्बुलेन्स चालक वीरबहादुर लोप्चनले बताए ।

त्यसैगरी, प्रायः दैनिक सोही सडक भएर अटो चलाउँदै आइरहेका पिलुवाका रामचन्द्र भट्टराईले पनि पुल तोकिएको समयभित्र नबन्दा दैनिक सयौं सवारीसाधन र हजारौं यात्रुले सास्ती खेप्नुपरिरहेको बताए ।

वर्षामा डFइभर्सनमा खाल्डाखुल्डी भएपनि त्यसलाई पुर्न र सम्याउन न त सडक विभाग, न पुल विभाग, न त पुल बनाउने जिम्मा लिएको ठेकेदार कम्पनीलाई नै छ । डाइभर्सनका खाल्डाखुल्डी मर्मत नगर्दा अटो, कार, जीप ठोक्किएर क्षति पुग्ने गरेको छ ।

सो पुल निर्माणका लागि खोलिएको लगभग दुई सय मिटरको डFइभर्सन कहालीलाग्दो हुने गरेको आवतजावत गर्ने अधिकांश चालकको भनाइ छ । अघिल्लो समय पनि महीनौंसम्म डFइभर्सनका ठूला खाडलहरूको मर्मतसम्भार र जमीनको सतहलाई नसम्याउँदा मोटरसाइकल, जीप, कारलगायतका होचा बनौटका सवारीसाधनहरू खाल्डोमा परी दुर्घटना भई क्षति हुने गरेका घटना आइरहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाराले जनाएको छ ।

यता डFइभर्सनका खाल्डाखुल्डी पुर्न, सम्याउन लगाउने काम सडक कार्यालयकोे नभई पुल विभाग काठमाडौं र ठेकेदार कम्पनीको भएको सडक डिभिजन कार्यालय, हेटौंडाका प्रमुख राजेश यादवले प्रतिक्रिया दिए ।

निर्माणधीन दुधौरा पुल डFइभर्सनका खाल्डाखुल्डी पुर्न आफूले बारम्बार आग्रह गरे पनि ठेकेदार कम्पनीले बेवास्ता गर्ने गरेको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय, पथलैयाका प्रमुख एवं ट्राफिक प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले बताए ।

पुल निर्माण ठेकेदार कम्पनी महादेव खिम्ती हीराचन जेभी, काठमाडौंका इन्जिनीयर अजयकुमार झाका अनुसार बाढीले निर्माणाधीन पुलका सामानहरू बगाइ र बालुवाले पुरेर लाखौं रकमको क्षति पु¥याएकोले सो सामानहरूको इन्स्योरेन्समा क्षति दाबी गर्नका लागि सम्बन्धित क्षेत्रको प्रहरी कार्यालयले पत्र नबनाइदिएकोले इन्स्योरेन्स रकम नआउने भएकोले उक्त डाइभर्सनका खाल्डाखुल्डी ठेकेदार कम्पनीले पुर्न नसकेको बताए ।

बाढीले बेलिब्रिजलाई सुरक्षाका लागि लगाइएका तारजालीका स्परहरूसमेत बगाएको र क्षति पु-याएकोले पनि बेलिब्रिज असुरक्षित अवस्थामा रहेको इन्जिनीयर झाले प्रतिक्रिया दिए ।

हिउँदमा सो डFइभर्सनमा धूलो नउडोस् भन्नाका लागि पानी पटाउने गरे पनि त्यस कार्यले निरन्तरता पाएको छैन । ८०–९० किलोमिटर सडक यात्रा पार गरेर आउने सवारी चालक अनि यात्रुहरूसमेत यति छोटो डFइभर्सनको खाल्डाखुल्डी र उडेका धूलोले दिक्दार हुने गरेका छन् ।

पुल निर्माण कार्य क्षेत्रमा कति रकममा ठेक्का साकार हो, कति समयावधिमा काम सम्पन्न गर्नुपर्नेलगायतका विवरण खुल्ने सार्वजनिक साइनबोर्ड, सम्पर्क नम्बर ठेकेदार कम्पनीले राख्नुपर्नेमा राखेको देखिंदैन । जसले गर्दा ठेकेदार कम्पनीको बेवास्ता बढेको देखिन्छ ।

महादेव खिम्ती हीराचन जेभी काठमाडौंले दुई स्पानको ९० मिटर लम्बाइको उक्त पुल निर्माण सम्पन्न गर्नका लागि १७ करोड २२ लाखमा ठेक्का साकार गरेको पुल विभाग महाशाखा काठमाडौंले जनाएको छ । साबिक पुलको पिलर दुईपटक भासिएपछि र सडकको चौडाइ पनि विस्तार गर्ने कार्य अघि बढिरहेकाले पुरानो पुललाई पूर्णरूपमा भत्काइ नयाँ पुलको डिजाइनपछि निर्माणका लागि ठेक्का सम्झौता भएको पुल विभाग महाशाखाले जनाएको छ ।

महेन्द्र राजमार्ग निर्माणका बेला तत्कालीन सोभियत सङ्घले चार दशकअघि निर्माण गरेको दुई लेनको पुल अब चार लेनको हुने महाशाखाले जनाएको छ । सो पुल निर्माण गर्ने ठेकेदारको आग्रहलाई ध्यानमा राख्दै पुल महाशाखा विभागले उक्त कार्य २०८० असार मसान्तभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने म्याद थप गरिदिएपछि कामले गति लिन थालेको हो । अहिलेसम्म ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ । वर्षामा सवारीसाधन आवतजावतमा समस्या नहोस् भन्ने उद्देश्यले दुधौरा खोलाको निर्माणाधीन पुलको दक्षिणतर्फ बेलिब्रिज सञ्चालनमा ल्याउने गरिएको छ । बढीमा ३० टनसम्म क्षमता भएको सो ब्रिजमा ५०–६० टनभन्दा बढी भारका मालवाहक सवारीसाधन ओहोरदोहोर गर्ने गरेका कारण सो ब्रिजसमेत कमजोर बन्दै गइरहेको छ । ५०–६० टनभन्दा बढीको सामान लोड गाडी बेलिब्रिजबाट आवागमन हुने गरेका छन् । जसले गर्दा सो ब्रिजसमेत उच्च जोखिममा रहेको प्रायः ओहोरदोहोर गर्ने सवारीचालकहरू बताउँछन् ।

ठेक्का सम्झौता अनुसार पुल विभाग महाशाखा काठमाडौंले बेलिब्रिज दुई वर्ष ढिलो उपलब्ध गराएकै कारण जीर्ण अवस्थामा रहेको पुरानो पुललाई भत्काउँदा सवारीसाधन आवागमनमा कठिनाइ हुने हुँदा पुल भत्काउन ढिलाइ भएकै कारणले तोकिएकै समयभित्र नयाँ पुल निर्माण गर्न नसकिएको पुल निर्माण ठेकेदार कम्पनी महादेव खिम्ती हीराचन जेभी, काठमाडौंका इन्जिनीयर झाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here