काठमाडौं, ३० साउन/रासस
नेपाल हक्की सङ्घको आयोजना तथा एशिया हक्कीको प्राविधिक सहयोगमा मङ्गलवारदेखि राजधानीमा साताव्यापी ओलम्पिक सोलिडारिटी कार्यक्रम शुरू भएको छ ।

नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थिति मुख्यालयमा शुरू भएको उक्त कार्यक्रमको उद्घाटन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले गरे । उनले यस प्रशिक्षणबाट उत्पादन हुने जनशक्तिले नेपालमा हक्की खेलको पुनर्उत्थान हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा एशिया हक्कीका इभेन्ट म्यानेजर एवं डेभलपमेन्ट अफिसर जाहिद अलीले प्रशिक्षण दिनेछन् । प्रशिक्षकका भूमिकामा रहेका अली पाकिस्तानका पूर्वअन्तर्राष्ट्रिय खेलाडीसमेत हुन् ।

सोलिडारिटी कार्यक्रममा प्रशिक्षक, निर्णायक र सङ्घका पदाधिकारी गरी करीब ३० जनाको सहभागिता छ । कार्यक्रममा हक्कीका प्रशिक्षक तथा निर्णायकका प्राविधिक पक्षबारे प्रशिक्षण दिइनेछ । यस्तै, इभेन्ट्स म्यानेजमेन्टबारे पनि प्रशिक्षण दिइनेछ । प्रशिक्षणका क्रममा हक्कीका सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान पनि प्रदान गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here