प्रस, सेढवा, २९ साउन/
साउन महीनाको अन्तिम सोमवार आज दुग्धेश्वर महादेव मन्दिर रामभौरीभाठा तथा जिल्लाका अन्य शिवालयहरूमा श्रद्धालु भक्तजनको घुइँचो रह्यो ।

तिथिले नसकिएको साउन मितिका हिसाबले अझै तीन दिन बाँकी छ । यो अवधिमा आज मितिले अन्तिम सोमवार पर्सा राष्ट्रिय निकुञ्जको चारकोसे जङ्गलस्थित दुग्धेश्वर महादेव मन्दिरमा बिहानैदेखि पूजाआजाका लागि भक्तजनहरूको भीड लागेका थियो । १७ किलोमिटर जङ्गलमा रहेको भगवान् शिवको मन्दिरमा भक्तजनहरूले बोलबमको नारा लगाउँदै मन्दिरमा पुगेर जल चढाएका थिए । भगवान् शिवको कृपाले मनोकामना पूरा भएका भक्तजनहरू भाखल पूरा गर्न मन्दिरमा दर्शन गर्न जाने गरेका छन् । भक्तजनहरूले रामभौरीभाठा क्षेत्रमा भगवान् शिवको विशेष पूजा आयोजना गर्नुका साथै कीर्तन, भजन, शिव पुराणका कथा सुन्नेलगायतका क्रियाकलाप गरेका मेला व्यवस्थापन समितिले जनाएको छ ।

मितिको हिसाबले साउन महीनामा पाँचौं सोमवारका दिन भक्तजनहरू ठूलो सङ्ख्यामा आएका मेला समितिका सचिव द्वारिका उपाध्यायले बताए । आज बिहानदेखि सो क्षेत्रमा भक्तजनहरूको अत्यधिक भीड देखिएको र व्यवस्थापनमा निकै समस्या आएको उनले बताए । भक्तजनका साथै आज अन्तिम सोमवारी सवारीसाधनको चाप पनि बढेको थियो । मोटरसाइकल, ट्याक्टर, जीपकार पार्किङमा समस्या देखिएको सचिव उपाध्यायले बताए । आज सोमवार आदर्श कावरियाँ सङ्घले नवलपरासीको त्रिवेणीधामबाट जल भरेर रामभौरीभाठास्थित दुग्धेश्वर महादेव मन्दिरमा जल चढाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here