नेपालमा विचारको खडेरी परेको छैन, तर व्यवहारमा भने कुनै वैचारिक आन्दोलनले गति पाउने कुरा त छाडौं, त्यसमा बहस र छलफलसमेत गर्न नेपाली बुद्धिजीवीहरू उचित ठान्दैनन् । यहाँ धेरै चाहिने–नचाहिने विषयमा बहस हुन्छ, छलफल हुन्छ, स्वार्थमा स्यानो धक्का लाग्नेबित्तिकै कुनै आन्दोलन शुरू हुन्छ, तर सार्वजनिक हितका कुरामा सबै तैं चुप मैं चुप बन्दछन् । त्यसैले यस देशमा थुप्रै आन्दोलनहरू भए, अरू धेरै आन्दोलनका लागि पृष्ठभूमिहरू तयार भइरहेका छन्, तर स्थायित्व कसैले पाउन सकेको छैन । कारण यति मात्र हो कि प्रत्येक आन्दोलनको सफलतापछि त्यस योग्य नेतृत्वकर्ताको छनोट हाम्रो प्राथमिकतामा पर्दैन । राजतन्त्रमा एउटै व्यक्ति वा एउटै परिवारले शासन चलाएजस्तै लोकतन्त्रमा पनि एउटै व्यक्ति सत्ता शीर्षमा रहने यथास्थितिवादी सोच नेपालबाहेक अन्यत्र देखा पर्दैन । अन्यत्र पनि एकल सत्ता केन्द्रित व्यवस्था नरहेको होइन, तर आन्दोलन भएर त्यस्तो नेतृत्व पन्छाइन्छ । हाम्रोमा त्यो अभ्यास देखिंदैन । यस पछाडिको कारण खोज्ने प्रयास भएको पनि पाइँदैन ।

मानिसको व्यक्तित्व उसको सोच, पृष्ठभूमि, क्रियाकलापले निर्धारित गर्छ । मानिस परिस्थिति अनुसार बदलिन गा¥हो हुन्छ । जुन सोचमा ऊ हुर्केको हुन्छ, जुन मानसिकताको उसमा विकास भएको हुन्छ, त्यसलाई छोड्न सक्दैन । तर नेपालमा धेरै टाढाको कुरा नगरेर मात्र ४० वर्षको कुरा गर्ने हो भने धेरै आन्दोलन भए, आन्दोलनको आग्रह अनुसारको शासन पद्धति विकसित भए, तर नेतृत्वकर्ता भने उही रह्यो । नेतृत्वकर्ता व्यक्ति पनि हुन सक्छ र विचारधारा पनि हुन सक्छ । एउटै जमातमा एक समयमा हुर्केको नेतृत्वकर्ताहरूको विचार पनि समान हुन्छ । र त्यस्ता व्यक्तिबीच नेतृत्व परिवर्तन भए पनि समाजले खासै उपलब्धि पाउन सक्दैन । यो भनेको युगबोध हो । वृद्ध नेतृत्वले आजको गतिमान युगसँग न्याय गर्न सक्दैन । तर नेपालको बौद्धिक समाजमा यस तथ्यलाई उजागर गर्ने हैसियत छैन । मूलमा नेपाली समाजमा सामन्तवादको धङधङी प्रबलताका साथ विद्यमान छ । राजा–रजौटा गए, जमीनदार–सामन्त गए, एकपछि अर्को गर्दै शासन व्यवस्था परिमार्जित हुँदै गए तर प्रतिफल भने शून्यभन्दा माथि उक्लन सकेन । त्यसैले नबोल्ने ‘देउवा’प्रति सबै वफादार छन्, समाजलाई गति दिन सक्ने, व्यवहारले क्रियाशील ‘गगन’लाई बहससम्ममा ल्याइन्न ।

नेपाली काङ्ग्रेस मात्र होइन, सबै राजनीतिक पार्टीहरूमा सामन्तवादको रक्त सञ्चार भइरहेको छ । सामन्तवाद भनेको परिवर्तनको विपक्ष्Fी हो । युगसापेक्ष्F शासन परिवर्तन भएर पनि नेपालमा, त्यसैले कुनै परिवर्तन आउन सकेन । युवा आपूmभन्दा जुनियर हो, उसलाई मान्ने ठाउँमा राख्दा इज्जत जान्छ, नजान्ने वा निष्क्रिय भए पनि सिनियरलाई मान गर्दा इज्जत जाँदैन भन्ने नितान्त रुढि र सामन्तवादी सोच नेपाली राजनीतिमा हावी छ । यो नेपाली काङ्ग्रेस मात्र होइन, एमाले, माओवादी सबैमा विद्यमान छ । होइन भने नेपालले विकास गर्छु भनिरहेको बेला, विश्व शक्तिसँग युद्ध गरिरहेको भियतनाम आज जहाँ पुगेको छ, नेपालले औंला टोक्नुबाहेक केही गर्न सकिरहेको छैन । सामान्य जन वा कार्यकर्ताको यसै इज्जत जोगाइले नेपालमा ललिता निवास प्रकरण, भूटानी शरणार्थी प्रकरण, सुन प्रकरणजस्ता भ्रष्टाचारका ज्वलन्त र हिजो भुङ्ग्रोमा परिणत भइसकेका भ्रष्टाचारहरूको छेलोखेलो भइरहँदा पनि देश जुर्मुराउँदैन, नागरिक मुमुर्राउँदैन, समाज सबैलाई सुमसुम्याएर बस्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here