प्रस, वीरगंज, २८ साउन/
सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आइतवार वीरगंजस्थित अल्पाइन माविका विद्यार्थीहरूको निश्शुल्क आँखा परीक्षण गरिएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र, मुर्ली र माट्रिका आई फाउन्डेशनको सहकार्यमा सो माविमा अध्ययनरत विद्यार्थीहरूको आँखा परीक्षण गरिएको केन्द्रका सचिव कुलनारायण प्रधानले बताए । उनले अहिले बालबालिकाहरूमा आँखा पाक्ने रोगको सङ्क्रमण देखिएकाले शिविरमार्फत आँखा परीक्षण गरिएको बताए । केन्द्रका अध्यक्ष राम सर्राफको अध्यक्षतामा भएको शिविरमा प्रअ विनोद उपाध्याय, प्रहरी हवल्दार ओमप्रकाश साह, माट्रिका आई फाउन्डेशनका डा मनोरञ्जन यादव, राजेश चौधरी, राजेश महतोलगायको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here