प्रस, परवानीपुर, २८ साउन/
बारा प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार एकजना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा, करैयामाई गापा–५ बस्ने वर्ष २६ का पन्नालाल पासवान रहेका छन् । २०७९ पुस १६ गते राति ८ बजे १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा फरार रहेका पासवानलाई बारा प्रहरीले नियन्त्रणमा लिएर बारा जिल्ला अदालतबाट अनुसन्धानको लागि पाँच दिनको म्याद थप गराएको बारा प्रहरीका प्रवक्ता प्रनाउ दधीराम न्यौपानेले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here