– डा शिवशङ्कर यादव

पाठकवृन्द १ मनोविकृतिमा त सम्पूर्ण मानसिक रोग आउँछ तर मुडको अर्थ हुन्छ चित्तवृत्ति । यसै कारण यहाँ चित्तवृत्ति शब्दको उपयोग गरिएको छ । प्रायः हामी कसैले यो भनेको सुन्छौं कि अहिले कुरा नगर मुड खराब छ । अहिले हाकिमको मुड ठीक छैन, त्यसैले फाइल पेश नगर । यसको मतलब भयो कि मुड यस्तो अवस्था हो जुन २४ घण्टाभित्र बदलिरहन्छ । मिनेटमा ठीक र मिनेटमैं खराब भइरहन्छ । अतः मुड मान्छेको तात्कालिक अवस्था महसूस गराउने स्थिति हो । एकमैन नामक वैज्ञानिकले यो महसूस गराउन सात स्टिम्युलसलाई जिम्मेवार मानेका छन् जुन मानिसको सामान्य अवस्था हो यथा– सुख, दुःख, क्रोध, भय, आश्चर्य, घृणा र तिरस्कार । यो सात चित्तको अवस्था हो, जसलाई नियन्त्रण गर्ने शक्ति चित्तमा निहित हुन्छ । अथवा जुन चित्तले दुःख महसूस गर्छ उसैले त्यसबाट बाहिर निस्कने शक्ति पनि राख्छ । चित्तको यही शक्ति क्षीण भएपछि मान्छे विकृतिको स्थितिमा पुगेर बिमार हुन्छ, जसलाई मुड डिजार्डर वा चित्तवृत्ति विकृति भनिन्छ । यस्तो मानिस दुःखी वा उदास जे छ, त्यही अवस्थामा रहिरहन्छ जबसम्म उसको उपचार हुँदैन । सामान्य मानिसलाई उपचार आवश्यक हुँदैन । आज हामी यसै चित्तवृत्ति विकृतिबारे जान्नेछौं ।

मुड डिजार्डरको प्रयोग प्राचीनकालदेखि नै हुँदै आएको छ । बाइबलको ओल्ड टेस्टामेन्टमा राजा साउललाई डिप्रेशन भएको उल्लेख छ जुन डेविडको मधुर सङ्गीत सुनेपछि शान्त हुन्थ्यो । हिपोक्रेटसले मैनिया अर्थात् उन्माद र मेलान्कोलिया अर्थात् सिभियर डिप्रेशनको दुईटा टर्म दिएर गए । आर्टियसले एउटै व्यक्तिमा मैनिया र डिप्रेशन दुवै भएको वर्णन गरेका छन् । एमिल क्रेपेलिनले पहिले डिप्रेशन डिमेन्सियाबाट छुट्टै अस्तित्व भएको पत्ता लगाए । डब्ल्युएचओले युनिपोलर र बाइपोलर दुई किसिमको डिप्रेशनको वर्गीकरण गरे । युनिपोलरको मतलब हो, रोगीको अवस्था एउटै दिशामा दगुर्छ । अर्थात रोगी उदास छ भने उदासी बढ्दै जान्छ, अरू बढी हुँदै जान्छ । तर बाइपोलरमा उदासीपछि फेरि खुशी आउँछ र फेरि उदासी । यसरी रोगीको मुड दुवैतिर झुलिरहने हुँदा नाम बाइपोलर भयो ।

वर्गीकरण: मुड डिजार्डरका निम्नलिखित अवस्था र प्रकार छन्: मैनिक अवस्था २. डिप्रेसिभ अवस्था ३. इन्डोजिनस डिप्रेशन ४.रिएक्टिभ डिप्रेशन ५. न्युरोटिक डिप्रेशन ६. इन्भोल्युशनल डिप्रेशन र ७.प्युरपेरल डिप्रेशन ।

१.मैनिक अवस्था: मैनियाको अर्थ हुन्छ उन्माद, सनक । यसको ८४ प्रतिशत जोखिम हुन्छ । यो अवस्था ३ देखि ४ महीनासम्म रहन्छ र त्यसपछि आफैं पूरै ठीक हुन्छ । त्यसपछि पनि यदि पुनः भयो भने मैनिक वा डिप्रेसिभ दुवैमा कुनै एक हुन्छ । मैनिक अवस्थाका निम्नलिखित लक्षण हुन्छ, जुन एक हप्ता रहन्छ र रोगीको काम र सामाजिक क्रियाकलापमा गडबडी पैदा हुन्छ । यसको लक्षण कः एलिभेटेड मुड : जसको पनि निम्नलिखित उपअवस्था हुन्छ–अः युफेरिया : यसमा मान्छेमा बढी उत्साह र आत्मरति देखिन्छ । यसलाई हाइपोमैनिक अवस्था भनिन्छ यो मुडको हल्का बढोत्तरीको अवस्था हो यसलाई मैनिया स्टेज प्रथम पनि भनिन्छ । आः इलेशन : यो मुडको मध्यम बढोत्तरीको अवस्था हो । यसमा आत्मविश्वास बढेर खुशीको कुनै पनि क्रियाकलापमा मान्छे बढी क्रियाशील भएको पाइन्छ । यो मैनियाको दोस्रो स्टेज हो । इ: एक्साल्टेशन : यसको अर्थ हुन्छ प्रशंसा, यसमा मुडको सिभियर अर्थात कडा वृद्धि हुन्छ । यसमा श्रेष्ठताको अधिक भ्रम र भाव हुन्छ । यसलाई मैनियाको तृतीय अवस्था भनिन्छ । ई : एक्सेटेसी : यसको मतलब हुन्छ हर्षोन्माद । यसमा मुडको भेरी सिभियर वा बहुतै कडा वृद्धि हुन्छ । यसमा रोगीको चित्तमा क्लाउडिंग भएर हर्षातिरेकको अधिकतम भाव पैदा हुन्छ । यो मैनियाको चौथो अवस्था हो । मैनिक अवस्थाको दोस्रो लक्षण हो साइकोमोटर एक्टिभिटी : यसमा मान्छे नरोकिने गरी क्रियाशील, बेचैन र उत्तेजित हुन्छ । तर उसको क्रियाशीलता मिथ्या होइन, लक्ष्य केन्द्रित हुन्छ । तेस्रो अवस्था हो बोली र विचारको : जसमा मान्छे जति पनि सोच्न र बोल्न सक्छ । बोल्ने भाषा लच्छेदार, हँसाउने वा जिस्काउने खालको हुन्छ । त्यसपछि मान्छेमा प्mलाई अफ आइडिया हुन्छ । रोगी तुरुन्त एउटा र तुरुन्त अर्को विषय बोल्न थाल्छ । मैनियाको चौथो लक्षण लक्ष्य निर्धारित कार्यशैली हो : यस अवस्थामा मान्छे अनावश्यकरूपले सचेत देखिन्छ तथा एउटै समयमा धेरै काम गर्न चाहन्छ । हाइपोमेनिक अवस्थामा मान्छे धेरै रचनात्मक र उत्पादनशील हुन्छ । ऊ अपरिचित मान्छेसँग पनि सम्बन्ध बनाउँछ तर धोका खान्छ । ऊ अपरिचित व्यक्ति प्रति विश्वास गरेर पैसा पनि दिन्छ र पैसा डुबाउँछ । उसले खरीदारीमा पैसा बगाउँछ र हाई क्लासको सुट लगाउँछ । रोगीले यहाँसम्म ठान्छ कि ईश्वर आउँछन् र ऊसँग कुरा गर्छन् । यस्तो अवस्था धेरै सङ्गीतकार र साहित्यकारहरूको हुन्छ । यस कोटिमा मान्छे इम्पल्सिभ हुन्छ र सेक्सुअलिटी पनि बढ्छ । यसको अतिरिक्त पाँचौमा अरू पनि लक्षणहरू हुन्छन् ः जसमा रोगी कम सुत्छ, आवश्यकता पनि कम हुन्छ । भोक लागे पनि अत्यधिक गतिशीलताले खाना कम खान्छ ।

२. डिप्रेसिभ वा उदासीको अवस्था : मैनियाको अवस्था पार गरेर अब रोगी डिप्रेशनको अवस्थामा पुग्छ । यस फेजमा रोगी थकित र उदास देखिन्छ जुन उसको पोस्चर वा बडी लंग्वेज र चाल तथा अनुहारमा पनि प्रकट हुन्छ । रोगी आपूmमैं सङ्कुचित हुन्छ । रोगी हरहमेशा आत्महत्याको विचार गर्छ र प्रायः साथी मित्रभाइलाई पनि बताउँछ । यस्तो अवस्थामा सचेत भइएन भने रोगीले आत्महत्या पनि गर्छ । संसारमा प्रत्येक ३०० मध्ये एक अत्महत्या र नेपाल भारतमा प्रत्येक २०० मा एक आत्महत्या यसै डिप्रेशनको कारण भएको देखिन्छ । यो अत्महत्या पूरै योजनाबद्ध हुन्छ । पढेलेखेकाले सुसाइड नोट लेख्छ, नलेख्न पनि सक्छ । कहिलेकाहीं रोगीले आप्mनै प्रिय बच्चालाई मारेर पछि आफैं पनि मर्छ । उसको परिवर्तित रंगढङ्गबारे परिवारले चिकित्सक खबर गर्नुपर्छ । ऊ आप्mनो काम छोड्छ र सङ्गीसाथीको परवाह गर्दैन । यसको लागि यदि उसलाई दबाब दिइयो भने झन् उदास हुन्छ । रोगीको सम्पूर्ण शक्ति यसरी क्षीण हुँदै जान्छ कि आप्mनो विगत, वर्तमान र भविष्य सबै अँध्यारो देख्छ । रोगीको बिहानै निद्रा खुल्छ र उठेपछि ताजगी महसूस गर्दैन । उसको भोक र यौनेच्छामा पनि -हास देखिन्छ । उसलाई आपूm र आश्रित पनि मरेपछि मात्र समस्याको समाधान देखा पर्छ ।

३. एन्डोजिनस डिप्रेसन : कसैकसैले यसलाई माथि उल्लेख गरिएकै डिप्रेशन मान्छन् तर कसैकसैले यसको अलग अस्तित्व पनि स्वीकार गर्छन् । माथिको र यस डिप्रेशनमा के फरक छ भने यसमा हेरिडिटी फैक्टर बढी देखिन्छ, बाहिरी वातावरणको कम । यसमा सखारै उठ्ने र डिप्रेशन कडा हुन्छ । यसको अतिरिक्त यसमा भोकमा कमी, मासिक बन्द हुने आदि लक्षण प्रमुखतामा देखिन्छ ।

४. रिएक्टिभ वा प्रतिक्रियात्मक डिप्रेशन : जसरी नामले नै थाहा हुन्छ यो बाह्य घटनाको प्रतिक्रियास्वरूप देखिन्छ । कसैले कसैलाई बलात्कार ग¥यो । पीडक अविच्छिन्न घुमिरहने र पीडित अपमानित भइरहन्छे र एक दिन झुन्डिएर मर्छे । यही रिएक्टिभ डिप्रेशन हो । यसमा रोगीको चित्तवृत्ति अझ नराम्ररी विचलित हुन्छ र लामो समयसम्म पिछा छोड्दैन । तर यो पनि सत्य हो कि यसमा शारीरिक क्रियाकलाप, आवाज र तीव्र आत्महत्याको सोच त्यति देखिंदैन जति डिप्रेशनका अन्य रूपमा देखिन्छ । त्यस्तै यसमा बेकारको भावुकता, निराशा आदि पनि त्यति देखिंदैन जति अन्यमा देखिन्छ ।

५. न्युरोटि डिप्रेशन : यो पनि माथिको रिएक्टिभ डिप्रेशनजस्तै हो, किनभने कुनै न्युरोटिकले नै कुनै घटनामा चाहिनेभन्दा बढी प्रतिक्रिया दिन्छ । तर पनि कसैकसैले यसको अलग अस्तित्व स्वीकार गरेका छन् । अन्तर्राष्ट्रिय वर्गीकरणमा यसलाई साइकोन्युरोसिस भनेर परिभाषित गरिएको छ ।

६. इन्भोल्युशनल डिप्रेशन : यो पुरुषमा ५० देखि ६० वर्षमा तथा महिलामा ४० देखि ५० वर्षको उमेरमा बढी देखिन्छ । यो जिद्दी र कुनै कामलाई दोहराइरहने प्रवृत्तिको मानिसमा बढी देखिन्छ । यसमा विक्षोभ र बेचैनी अधिकतमरूपमा हुन्छ । गहिरो चिन्ताको सबै शारीरिक लक्षण प्रमुखताका साथ प्रस्ट देखिन्छ ।

निराशा र भ्रम चरममा पुग्छ र भन्न पर्दैन आत्महत्याको खतरा पनि चरम हुन्छ । यदि यस्तो हालतबाट निस्कने रोगीले कुनै उपाय गर्छ र त्यसमा पनि फेल खान्छ भने स्थिति झन् भयावह हुन पुग्छ । यसमा हत्या गर्ने कुरा भने कमै देखिन्छ । यौनजन्य अपराध पनि मान्छेमा कमै देखिन्छ किनभने यसमा बढी अपराधबोध पहिलेदेखि भरिएको हुन्छ ।

७. प्युरपेरल अथवा प्रसवपश्चात्को डिप्रेशन : यो रूप प्रसवपश्चात् आमामा देखिन्छ, जुन इस्ट्रोजन र प्रोजेस्ट्रेन हार्मोनको अत्यधिक असन्तुलनले प्रकट हुन्छ । यो एक्युट अथवा एक्कासि हुन्छ जसमा आमाको चेतना भ्रमाच्छादित हुन्छ कि आमाले आप्mनो बच्चाको वास्ता त गर्दिन नै बच्चालाई टाढा प्mयाकिदिन्छे र कहिलेकाहीं हत्यासमेत गरिदिन्छे । तर होश आएपछि घटनाको कुनै सम्झना हुँदैन । अस्तु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here