- विश्वराज अधिकारी
स्टाप साइन
अमेरिकाको यातायात व्यवस्थालाई डिजेल, पेट्रोल, प्राकृतिक ग्याँसले चल्ने गाडीहरूले– कार, ट्रक, बस, ठूलो ट्रक आदिले भरपर्दाे किसिमले धानेका छन् । अमेरिकामा यातायातका लागि सार्वजनिकभन्दा निजी गाडीहरू बढी प्रयोग हुन्छन् । कार झनै बढी प्रयोग हुन्छन् । न्यूयोर्क, सान फ्रान्सिस्को, लस एन्जल्स, शिकागोजस्ता ठूला शहरहरूमा सवारी पार्किड्ढो समस्याले गर्दा मानिस सार्वजनिक यातायातका साधन बढी प्रयोग गर्छन् । तर ठूला शहरबाहेक अन्य शहरमा भने निजी सवारीसाधनहरू बढी प्रयोग हुन्छन् ।
अमेरिकामा प्रत्येक एक हजार व्यक्तिमा ७९५ जनासँग कार हुन्छ । अमेरिकामा २९ करोडभन्दा बढी कार रहेको पाइन्छ । क्यालिफोर्निया, फ्लोरिडा र टेक्सास अमेरिकामा सर्वाधिक कार हुने क्रमशः पहिलो, दोस्रो र तेस्रो राज्य हुन् ।
अमेरिकामा कार एवं गाडीहरूको सङ्ख्या धेरै भएकाले ट्राफिक व्यवस्थापन पनि चुनौतीपूर्ण हुनु स्वाभाविक हो । अमेरिकामा गाडीहरूको आवागमनलाई नियन्त्रण एवं व्यवस्थापन गर्न ‘ट्राफिक लाइट’को व्यवस्था गरिएको हुन्छ । ट्राफिक प्रणाली पुलिसद्वारा व्यवस्थित गरिएको बिरलै देख्न पाइन्छ । ट्राफिक लाइटमा रातो, गुलाबी र नीलो गरी तीन किसिमका रङ्ग प्रयोग हुन्छन् ।
अमेरिकामा गाडीहरूको आवागमनलाई व्यवस्थापन गर्न सर्वाधिक प्रयोग भने ‘स्टप साइन’को हुन्छ । तीनतिर वा चारतिर जाने तीनबाटो वा चौबाटोमा ट्राफिक प्रहरी होइन ‘स्टप साइन’ राखिएका हुन्छन् । अष्टकोण (इअतबनयल) आकार भएको, रातो भुइँमा र त्यसरी स्टप साइन लेखिएको साइनबोर्डलाई एक खम्बाले उचालेर तीनबाटो वा चौबाटोहरूमा राखिएका हुन्छन् । ट्राफिक नियम पालना गर्न भनी सूचनाको रूपमा राखिएको त्यो स्टप साइनले गाडीहरूको आवागमनलाई व्यवस्थित एवं नियन्त्रित गर्छ । कसरी ? अमेरिकाका सबै राज्यमा समान किसिमले, समान रङ्ग, आकार र उचाइसहित प्रयोग हुने स्टप साइनको नियम अनुसार आउने गाडीहरूमध्ये जो पहिले त्यो तीनबाटो वा चौबाटोको स्टप साइननजीक पुग्छ, उसले पहिले जान पाउँछ ।
स्टप साइनको नजीक पहिले पुग्ने गाडीको चालकले सर्वप्रथम आप्mनो गाडी स्टप साइनको नजीक अनिवार्यरूपमा रोक्नुपर्छ । उसले चारै दिशामा हेर्नुपर्छ । कतैबाट कुनै गाडी नआएको निश्चित भएपछि गाडी चलाएर गन्तव्यतिर जानुपर्छ । यस्तैगरी, स्टप साइनको नजीक पुग्ने दोस्रो गाडीको चालकले पनि त्यही गर्नुपर्छ । पहिलो गएपछि दोस्रो जानुपर्छ ।
स्टप साइनका नियमहरूः
१) यो नियम गाडी चालक स्वयंले पालना गर्नुपर्छ । यो नियम पालना गराउन वा कसले के गर्दैछ भनी हेर्न कुनै कर्मचारी वा ट्राफिक प्रहरी बसेको हुँदैन । चालकद्वारा स्वयम् पालना नगरिएको अवस्थामा प्रहरीद्वारा समातिएमा जरिवाना तिर्नुपर्छ ।
२) स्टप साइननजीक जुन गाडी पहिले पुग्छ, जाने पहिलो अधिकार उसको हुन्छ ।
३) चालकले परबाट स्टप साइन देख्नासाथ आफ्नो गाडीको गति कम पार्नुपर्छ । र स्टप साइननजीक पुगेपछि गाडी अनिवार्यरूपमा रोक्नुपर्छ ।
४) स्टप साइनमा गाडी नरोक्नु नियम उल्लङ्घन गर्नु हो । जरिवाना भुक्तान गर्नुपर्ने अपराध हो ।
५) अरूद्वारा नियन्त्रित भएर कानून मान्नुभन्दा स्वयम् कानून मान्नु हो ।
सवारीसाधनहरूको आवागमन व्यवस्थित गर्न जनशक्ति (ट्राफिक प्रहरी) एवं लाइट (ट्राफिक लाइट)को प्रयोग नगरी केवल स्टप साइन मात्र राखिने हुनाले लागतको दृष्टिकोणबाट ‘स्टप साइन’ अति प्रभावकारी मानिन्छ । यो स्टप साइन व्यवस्थाले प्रत्येक नागरिकलाई जिम्मेवार देख्छ र प्रत्येक नागरिकबाट नियमको पालना हुने विश्वास गर्छ । यो व्यवस्थाले प्रत्येक नागरिकलाई इमानदार देख्छ र उसले यो व्यवस्था करकापमा होइन, स्वयम् (प्रत्येक नागरिक)ले पालना गर्नेछ भनी विश्वास गर्छ ।
हुन पनि अमेरिकामा स्टप साइनको पालना शतप्रतिशत हुन्छ । कसैले नदेख्ने, शहरदेखि टाढा वा सुनसान स्थानमा राखिएका ‘स्टप साइन’को पालना पनि सवारी चालकहरूले इमानदारीपूर्वक गर्छन् । यो नियम नमान्ने वा स्टप साइनमा गाडी नरोक्ने कार्य कदापि गर्दैनन् । चालकहरूले ‘हामी स्वयम् नियम पालना गराउने निकाय हौं’ भनी सोच्छन् । कानून होइन, चालकको आप्mनै विवेकद्वारा नियम उल्लङ्घन नगर्ने वातावरण तयार पार्ने स्टप साइन आफैंमा एक उत्कृष्ट व्यवस्था हो । ट्राफिक लागत कम गर्ने एउटा उत्कृष्ट व्यवस्था हो । कम पार्ने प्रभावकारी व्यवस्था हो ।
स्टप साइन अमेरिकाभरि अर्थात् अमेरिका सबै राज्यमा समान किसिमले उपयोग गरिन्छ । स्टप
साइन बोर्डको उचाइ, आकार, रङ्ग अमेरिकाका सबै राज्यमा समान किसिमले उपयोग गरिन्छ । व्यक्ति होइन, चिह्नले सवारी व्यवस्था नियन्त्रण गर्ने यो प्रणाली आफैंमा एक खास व्यवस्था हो ।