प्रस, वीरगंज, २५ साउन/
सर्वोच्च अदालतले वीरगंज महानगरपालिका कार्यालयले वीरगंज–६ आदर्शनगरस्थित मुख्य नालामा बनेको कर्पोरेट बैंक रहेको पवन गुप्ता र अनिल गुप्ताको भवन हटाएको सन्दर्भमा अन्तरिम आदेश जारी गरेन ।

वीरगंज महानगरपालिकाले असार मसान्तमा कर्पाेरेट बैंक रहेको गुप्ताद्वयले तत्कालीन पशुपति आदर्शनगर निर्माण समितिबाट २०२६ सालमा मुख्य नालामाथिको संरचना खरीद गरेर तत्कालीन नगरपञ्चायत कार्यालयबाट नक्शासमेत पास गरेर बनाएको संरचनामा डोजर चलाएर भत्काएको थियो ।

सोविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरेका गुप्ताद्वयको हकमा साउन ११ गते सर्वाेच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । तर आज बिहीवार सो सम्बन्धमा अन्तरिम आदेश भने जारी गरेन । अब यो मुद्दाको सुनवाइ साधारण मुद्दा सरह हुनेछ । सर्वाेच्चले अन्तरिम आदेश जारी गर्दै महानगरलाई अन्तरिम आदेश किन जारी नगर्ने भन्दै लिखित जवाफ माग गरेको थियो । सर्वाेच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा कुमार चूडालको इजलासले अल्पकालीन आदेशमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको महानगरपालिका कार्यालयले जानकारी गराएको छ । महानगरपालिका कार्यालयले मुख्य नालामाथि बनेको संरचना हटाउने कार्यमा मुख्य नालामाथि बनेका क्लासिक होटल र कर्पाेरेट बैंक रहेको भवनमा एक्साभेटर लगाएर भत्काएको थियो । दुवै संरचना पशुपति आदर्शनगर विकास समितिबाट २०२६ सालमा नालामाथिको क्षेत्र बोलकबोलबाट खरीद गरेर मालपोत कार्यालयबाट २०३१ सालमा रजिस्ट्रेसन पारित गरी तत्कालीन नगरपञ्चायत कार्यालयबाट नक्शापास गरेर बनेका थिए । यी दुई संरचनाबाहेक महानगरको मुख्य नालामा रहेका अन्य संरचनाहरू भने अवैध तरीकाबाट कागज प्रमाण र इजाजतबेगर बनेका थिए, जसलाई महानगरपालिकाले एक्साभेटर लगाएर भत्काएको थियो । गुप्ताद्वय महानगरको यो कदमविरुद्ध अदालतमा गएपनि क्लासिक होटलका सञ्चालक भने अहिलेसम्म अदालतमा गएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here