प्रस, वीरगंज, २५ साउन/
वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा बुधवार मल वितरण गर्ने कृषि सहकारीहरूको बैठक सम्पन्न भएको छ ।
बैठकमा उपप्रमुख आलमले निर्धारित मूल्यभन्दा बढीमा मल बिक्री गर्ने कृषि सहकारीलाई कडा कारबाही गर्ने चेतावनी दिए । उनले बढी मूल्यमा मल बिक्री भएमा सूचना दिन सुझाए । उनले कृषकहरूलाई सहजरूपमा मल वितरण गर्न आवश्यक पहल गरिने बताए ।
बैठकमा आर्थिक विकास शाखा प्रमुख प्रतिज्ञा वैध, कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखा प्रमुख रोशनी यादवलगायत कृषि सहकारीका अध्यक्षहरूको सहभागिता थियो ।