प्रस, वीरगंज, २५ साउन/
सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राष्ट्रपति चुरे तराई/मधेस संरक्षण विकास समिति, भरतपुर, चितवन र ग्रीनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगर र छपकैयाको संयुक्त आयोजनामा बिहीवार वृक्षारोपण गरिएको छ । वीरगंज महानगरपालिका–२ छपकैयास्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको विश्वदर्शन भवन जाने सडकमा विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको ग्रीनसिटीका अध्यक्ष प्रकाश खेतानले बताए । कार्यक्रममा जिप्रका, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले वृक्षारोपण गरेर शुभारम्भ गरेका थिए । म्याङ्गोस्टिक ८० थान, बेलपत्र २५ थान र कलकी ४५ थान गरी १५० थान बिरुवा रोपण गरिएको सामुदायिक सेवा केन्द्र, छपकैयाका अध्यक्ष ग्यासुद्दीन मियाँ ठकुराईले बताए । कार्यक्रममा डा अजितकुमार साह, किरण अग्रवाल, मञ्जु देवी, दीपा शर्मा, रतन टेमानी, गोवद्र्धन चौधरी, त्रिलोचन दारुका, मुस्तुफा अन्सारी, मुकेश सर्राफलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here