प्रस, वीरगंज, २५ साउन/
सामुदायिक सेवा केन्द्र, छपकैया–२ वीरगंजको आयोजना तथा वीरगंज सामुदायिक आँखा अस्पतालको सहयोगमा बिहीवार निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ ।
वीरगंज महानगरपालिका–२ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजित शिविरमा १६० जनाको आँखा चेकजाँच गर्दा ३० जनामा मोतीबिन्दु फेला परेको सामुदायिक सेवा केन्द्र, छपकैयाका अध्यक्ष ग्याँसुद्दीन ठकुराईले बताए । शिविरको उद्घाटन आँखा परीक्षण गराएर उपप्रमुख इम्तियाज आलमले गरेका थिए । कार्यक्रममा वडाध्यक्ष रेयाज मियाँ, वीरगंज सामुदायिक अस्पतालका महेशसिंह धामी, वडासदस्यहरू वसिरमियाँ हजाम, रम्भा देवी, प्रवीण शाह, अजितकुमार भुजेल, साहेब हुसैन, अञ्जली मेहता, प्रसनि मोतीलाल महतोलगायतको सहभागिता थियो ।