नितेश कर्ण, वीरगंज, २५ साउन/
सर्लाहीमा शरीरबाट अलग गरिएको अवस्थामा एक युवकको टाउको फेला परेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–४ स्थित लखनदेही खोलाको पुलमुनि बिहीवार बिहान शरीरविनाको टाउको मात्र फेला परेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले बताए ।
अन्दाजी २५–२६ वर्षका युवकको हत्या भएको र हाल टाउको मात्र फेला परेको उनले बताए । पुलमुनिको खोलामा टाउको मात्र देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोलामा फेला परेको टाउकोलाई शल्यपरीक्षणको लागि प्रादेशिक अस्पताल, मलङ्गवा पठाइएको प्रवक्ता थारूले बताए । घटनाबारेमा अनुसन्धान भइरहेको उनले जानकारी गराएका छन् ।