नितेश कर्ण, वीरगंज, २४ साउन/
सर्लाहीको धनकौल गाउँपालिका–४ महिनाथपुरस्थित एकादशी खोला र बाग्मती नदीको बीचमा फसेका यात्रु र खेतमा काम गर्न गएका स्थानीयलाई रौतहट पठाइएको छ ।

बाढीले महिनाथपुरस्थित एकादशी खोलाको पुल भासिएकोले उनीहरूलाई सर्लाही ल्याउन नसकेपछि रौतहट प्रहरीसँग समन्वय गरेर रौतहट पठाइएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए । उनले सेनाको गाडीबाट सर्लाही ल्याइएको बताए ।

हिजो बिहान खाना खाएर खेतमा काम गर्न निस्केका स्थानीय र रौतहटबाट सर्लाही आउँदै गरेका केही यात्रु महिनाथपुरस्थित एकादशी खोलामा ह्युमपाइप राखेर माटोले पुरिएको पुल बाढीले बगाएपछि सर्लाहीको महिनाथपुर र रौतहटको धर्मपुरलाई जोड्ने बाग्मती पुलको पूर्वपट्टि माटोले पुरेर ग्राभेल गरेको सडकमा अलपत्र परेका थिए ।

मानिस अलपत्र परेकोबारे जानकारी हुनासाथ जनपद र सशस्त्र प्रहरी तथा सेनाको टोली पुगेर ९० जनाको उद्घार गरी सकुशल सर्लाही पु¥याइएको थियो ।

सर्लाही र महोत्तरी जिल्लाको सीमा भएर बग्ने बाँके खोलामा आएको बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । सर्लाही हरिपुर्वा नगरपालिका–७, वसन्तपुरका ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमवार रातिदेखि सम्पर्कविहीन भएका चौधरीको शव खोलामा फेला परेको गौरीशङ्कर प्रहरी चौकीका इन्चार्ज नन्दलाल बैठाले बताए । चौधरीले मादक पदार्थ सेवन गरेको प्रहरीले पुष्टि गरेको छ ।

यसैगरी, बरहथवा नगरपालिकामा पर्ने हजरियामा बाग्मती नदीमा आएको बाढीले बगाउँदा खेतमा काम गर्न गएका रौतहट गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय शहीद राइन भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here