प्रस, वीरगंज, २० साउन/

पोखरिया नगरपालिकाका ब्राह्मण समुदायको बृहत् भेलाले नगर कार्यसमितिको अध्यक्षमा अमलेश्वर मिश्र, उपाध्यक्ष वीरेन्द्र पाण्डेय, सचिव दिनेश मिश्र, सहसचिव ममता द्विवेदी तथा कोषाध्यक्षमा बृजेश द्विवेदीलगायत दुईजना महिलासहित १७ सदस्यीय कार्यसमिति चयन गरेकोे ब्राह्मण समाज नेपालका निवर्तमान जिल्ला सचिव बृजमोहन तिवारीले बताए ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष देवनाथ उपाध्याय, संरक्षक नरेन्द्रनाथ तिवारी, निवर्तमान पर्सा जिल्ला अध्यक्ष हरिनारायण मिश्र, प्राध्यापक ललन द्विवेदी, राजेशकुमार मिश्र, योगेन्द्र मिश्र, अरविन्द द्विवेदी, पत्रकारद्वय राजेश मिश्र र सञ्जीव मिश्रलगायतको सहभागिता थियो ।

कार्यक्रमको सञ्चालन दिनेश मिश्रले गरेका थिए । आगामी साउन २७ गते जिल्ला अधिवेशन पोखरियामा हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here