रूद्रप्रयाग, २० साउन/एएनआई

रूद्रप्रयाग पहिरामा परी तीनजनाको मृत्यु भएको तथा अन्य १७ जना हराइरहेका सरकारी अधिकारीहरूले शनिवार बताएका छन् ।

केदारनाथ धामभन्दा १६ किलोमिटर वर अवस्थित रूद्रप्रयाग जिल्लाको गौरीकुण्डमा शुक्रवार गएको पहिरामा परी तीनजनाले ज्यान गुमाएका तथा अन्य १७ जना हराएका रूद्रप्रयाग जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पहिराले सडक किनारका पसल र खाना खाने ढावासमेत बगाएको छ । दुर्घटनाका बेला ती पसलमा चारजना स्थानीय तथा १६ जना नेपाली मूलका नागरिक थिए । राज्यको विपत् प्रतिकार्य बलले खोजी जारी राखेको छ ।

यसैबीच आज बिहान गङ्गोत्री राष्ट्रिय राजमार्गमा पहिरो खस्दा बाटो अवरूद्ध भएको छ । पहिराका कारण बाटो अवरूद्ध हुँदा गङ्गोत्री धामको यात्रामा रहेका तीर्थयात्रीको बिचल्ली भएको छ ।

राज्यको विपत् व्यवस्थापन विभागका अनुसार यो वर्षको वर्षायाम प्रारम्भ भएयता बाढीपहिरामा परी ३१ जनाले ज्यान गुमाएका छन् भने ३१ जना घाइते भएका छन् । १,१ ६ घर भत्केका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here