• डा शिवशङ्कर यादव

जसरी हामीले कहिलेकाहीं कसैलाई फ्याट्ट भनिदिन्छौं–‘पागल कहींको’ त्यस्तै पश्चिममा पनि ‘इनसेन’ भन्ने चलन छ । इनसेनको शाब्दिक अर्थ पागल भए पनि यो मेडिकल टर्म होइन । जसरी हामी कुनै पनि मानसिक रोगीलाई पागल भनी दिन्छौं त्यस्तै पश्चिममा पनि इनसेन भन्ने चलन छ, जुन सही होइन । मानसिक रोगको सही टर्म हो मेन्टल डिजिज, डिजोर्डर वा इलनेस । ती सबै बिमारी कम वा बढी मानसिक विकार हुन् जो उपचारले ठीक हुन्छ । तर वास्तविक पागलपन एउटै छ, जसलाई सिजोफ्रेनिया भनिन्छ, जुन कहिले ठीक हुँदैन । तर पनि इनसेन शब्द कानूनी प्रयोगमा मान्य छ । डाक्टरले इनसेन भनी मान्छेलाई सर्टिफाई गर्छ, जसको आधारमा रोगीलाई अंशबण्डा, धन खर्च गर्ने, नोकरी आदिमा रोक लगाइन्छ । आज हामी यसै सिजोफ्रेनियाबारे जान्नेछौं ।

इनसैनिटि लैटिन शब्द ‘इनसैनिटेटम’ बाट बनेको हो । जसको अर्थ ‘अनहेल्थफुलनेस ब्रेन’ हो । अनहेल्थफुलनेस त थुप्रै हुन्छन् । सबैलाई पागल भन्नु पनि भएन । यसको लागि सही शब्द हो, सिजोफ्रेनिया, जुन ग्रीक शब्दबाट बनेको छ । ‘सिजो’को अर्थ एस्प्लिट र ‘फ्रेनी’को अर्थ ब्रेन । मतलब ब्रैन शरीरबाट अलग हुनु । यसमा शरीर सुत्न चाहन्छ, तर ब्रेन सुत्दैन, शरीरको प्रकृति शान्त हुन्छ तर ब्रेन उपद्रो गर्न थाल्छ, शरीर सफाइ खोज्छ तर ब्रेन फोहरमैं रहन चाहन्छ । ब्रेनले नचाहिने र अवास्तविक कुरा हेर्न र सुन्न थाल्छ जसलाई अन्यले देख्दैनन् र सुन्दैनन् । शरीर घरमा बस्न चाहन्छ, ब्रेन बाहिर सडकमा रमाउन । यसरी विभक्त भएको ब्रेनको अवस्था सिजोफ्रेनिया हो । पागलपन र इनसैनिटी शब्दको प्रयोग पूर्व र पश्चिममा हजारौं वर्ष पहिलेदेखि हुँदै आए पनि साहित्यमा यसको प्रयोग १६ औं शताब्दीदेखि भएको देखिन्छ ।                           मनोविज्ञानको जन्मदाता स्वीस साइकियाट्रिस्ट फिलिप पिनेललाई र अमेरिकन मनोविज्ञानका पिता बेन्जामिन रसलाई मानिन्छ । १८८७ मा एमिल क्रेप्लिनले यसका लागि डिमेन्सिया प्रिकँक्स शब्द प्रयोग गरे, जुन वास्तवमा सही थिएन । १९११ मा स्वीस साकियाट्रिस्ट युजिन ब्लगलरले पहिलोचोटी सिजोफ्रेनिया नाम दिए, जुन सही थियो । डव्लुएचओले अझ बढी सटीक वर्गीकरण गरेको छ । अरू मेन्टल डिजोर्डरको उपवर्ग कमै हुन्छ तर सिजोफ्रेनियाको पाँच–सातवटा उपवर्ग हुन्छ । संसारमा आज सिजोफ्रेनियाका २४ मिलियन रोगी छन्, अर्थात् प्रति ३०० मा एक । पूर्वीय देशमा यो अनुपात प्रति २२२ मा एक छ । चीन, मध्य र पूर्वी एशियामा यो सङ्ख्या बढी छ भने अस्ट्रेलिया, युरोप र अमेरिकामा कम । सिजोफ्रेनियाप्रति सचेत गराउने लक्षण हुन् ः शृङ्खलाहीन विचार, सुस्त चाल, सुत्ने ढाँचामा परिवर्तन, सरसफाइप्रति बेवास्ता, बडी लङ्ग्वेजमा परिवर्तन, भावनात्मक परिवर्तन, कुनै काम वा लक्ष्यप्रति रुचि नराख्नु तथा हेल्युसिनेशन र डेल्युजन । यीमध्ये कुनै एक वा बढी लक्षण देखियो भने परिवार, समाज र चिकित्सक सबै सचेत हुनुपर्छ । यसपछि सिजोफ्रेनियाको सङ्क्षिप्त विवरणमा जाऔं–

क्रेप्लिनले यसको नाम डिमेन्सिया प्रिकाक्स राखे । सिजोफ्रेनिया डिमेन्सिया हुँदैन र प्रिकाक्सको मतलब प्युवर्टी, पहिले पाउनुपर्ने, त्यो पनि हुँदैन । त्यसकारण युजिन ब्लग्लरले यसलाई सिजोफ्रेनिया भनेर विस्थापित गरे । यस रोगको वास्तविक कारण पत्ता लाग्न सकेको छैन । तर जीन, वातावरणसँग घुलमिल हुन नसक्नु, कार्बोहाइड्रेट र प्रोटिन मेटाबोलिज्ममा गडबडीले नचाहिने तŒव निस्कनु र सिरोटिनिनको असन्तुलन आदि सबैले यसमा भूमिका खेल्दछन् ।  एलएसडी दिएर हेर्दा, मान्छेमा सिजोफ्रेनिया पैदा भयो, किनभने एलएसडीले सिरोटिनिनको स्त्राव रोकिदिन्छ । अनि एलएसडीको एन्टिडोट दिंदा सिजोफ्रेनिया हरायो । अतः मुख्य कारक सिरोटिनिनमा असन्तुलन नै देखियो, तर पनि जिनेटिक फैक्टरको भूमिका प्रबल छ ।

वर्गीकरण र लक्षणहरू ः सिजोफ्रेनिया निम्न प्रकारका हुन्छन् ः १. सिम्पल सिजोफ्रेनिया २. हेवेफ्रेनिया ३. काटाटोनिया ४. पारान्वायड सिजोफ्रेनिया ५. सिजोएफेक्टिभ साइकोसिस, ६.स्युडोन्युरोटिक सिजोफ्रेनिया ।

१. यसको शुरूआत किशोरावस्थादेखि हुन्छ । यसमा उसको बाहिरी दुनियाँसित लगाव बिस्तारै कम हुँदै जान्छ, मस्तिष्कको सबै अङ्गको काम कम हुँदै जान्छ र किशोर भावशून्य हुन पुग्छ । उसले आफ्ना थोरैमात्र मित्रको पनि वास्ता गर्न छाड्छ र आफ्नो प्रिय हावी पनि त्याग्छ । उसले आफ्नो महŒवाकाङ्क्षा र लक्ष्यप्रतिको चेष्टा छाडिदिन्छ । उसमा व्यक्तित्वको पूरै होश हुँदैन र हुन्छ भने धेरै वर्षपछि हुन्छ ।

२. यो तीन वा चार दशकभन्दा कम उमेरमा देखिन्छ । यसको मुख्य लक्षण सोचमा गडबडी हो । यसमा असङ्गत विचारका साथै विद्रुप उत्तेजना देखिन्छ । त्यसपछि रोगीमा हालिसिनेशन र डेल्युजन देखिन थाल्छ । रोगीले त्यही हालिसिनेशन र डेल्युजन अनुसार काम सम्पादन गर्न थाल्छ । अन्तमा उसको व्यक्तित्व पूरै भताभुङ्ग हुन्छ ।

३. यो त्यो अवस्था हो जसमा घरीघरी उत्तेजना र मुर्छा वा जड अवस्था देखिन्छ । उत्तेजना जङ्गली, विनाशक र उग्र हुन्छ । मान्छे उत्तेजनाले हत्या र आत्महत्यासमेत गर्न सक्छ र यसको कारण प्रायः उसको आवाजको रूपमा आउने भ्रम हुन्छ । उसलाई प्रायः लाग्दछ ईश्वरले उसलाई आफूलाई खत्तम पार्ने आदेश दिइरहेका छन् ।

यो अवस्था केही घण्टा, दिन र सप्ताहसम्म चल्छ र त्यसपछि रोगी स्टुपरको अवस्थामा जान्छ जसमा कुनै काममा रुचि र एकाग्रतामा कमी आउँछ । त्यसपछि रोगी निगेटिभ हुन्छ, खाना र औषधि खान मान्दैन, सरसफाइ र लुगा फेर्नसमेत मान्दैन, दिशा र पिसाब बन्द हुन्छ । पछि अलिअलि आफैं हुन थाल्छ । उसलाई एकान्त कोठामा बन्द हुन मन लाग्छ । ऊ घण्टौं खुट्टा नखुम्चाई उभिरहन सक्छ र पनि थाक्दैन । उसको मुख अभिव्यक्तिशून्य र आँखा खाली र शून्य देखिन्छ तर पनि उसको गेस्चर साधारण नै हुन्छ । उसका सबै व्यवहार स्टेरियोटाइप हुन्छ  र पेनफुल स्टिम्युलस प्रति संवेदनशील हुन्छ । उसले आफ्नो वरिपरि हुने प्रत्येक घटनालाई बुझ्छ र कहिलेकाहीं एक्कासि छेउको मानिसमाथि हमला गर्छ र तुरुन्त हच्किन्छ पनि ।

जि.जेसिंगले एउटा अर्को पारान्वायड भेराइटीबारे पत्ता लगाए, जसलाई जि.जेसिंग भेराइटी अफ काटाटोनिक सिजोफ्रेनिया भनिन्छ । उनले २ र ४ दशकभन्दा कम उमेरमा यो हुन्छ, जसमा सिजोफ्रेनिया पेरिओडिक हुन्छ तथा नाइट्रोजन मेटाबोलिज्मको गडबडीमा देखिन्छ । यो प्रायः एक्कासि भ्रम, उत्तेजना वा स्टुपर कुनै एक अवस्थामा देख्न सकिन्छ । थायरोक्सिन हार्मोनले यो निको हुन थाल्छ ।

पाठकवृन्द १ सिजोफ्रेनियामध्ये यसैलाई सबैभन्दा खतरनाक रूप मानिन्छ ।

४. पारान्वायड सिजोफ्रेनिया प्रायः चौथो दशकमा देखिन्छ र भित्रभित्रै विकसित भइरहेको हुन्छ । यसको लक्षण कसैप्रति सन्देहको रूपमा प्रकट हुन्छ । मान्छेले आफ्नो सन्देहलाई घटनाको उल्लेख गरी प्रगट गर्छ र फलानोले आफूलाई दण्डित गर्ने प्रयास गरिरहेको  भन्छ । रोगीको कानमा पहिले आवाज र हल्ला र कोलाहल मात्र सुनिन्छ, जुन बिस्तारै प्रस्ट हुँदै जान्छ र फलानोले अपमानित ग¥यो भनिदिन्छ । यस्तो आवाजको भ्रम पहिले थुप्रै हुन्छ, तर बिस्तारै स्थिर भएर कुनै मान्छे र एजेन्सी वा सुपरमैनले रोगीलाइ दण्डित गर्न व्यूह रचिरहेको भान हुन्छ । उसले यो पनि सोच्न थाल्छ कि उसको खानेकुरामा कसैले विष मिलाइदिएको छ अथवा उसको सुत्ने कोठामा बिखालु ग्याँस भरिदिएको छ  तथा मानिस उसलाई बर्बाद पार्न व्यूह रचिरहेका छन् । संवेदनाको तीव्रताले कुनै पत्र, वायरलेस, टेलिग्राम सबैले रोगीमा हालिसिनेशन उत्पन्न गरेको हुन्छ । बारम्बारको यस हालिसिनेशनले रोगी धेरै उत्तेजित र चिडचिडा हुन पुग्छ । उसलाई धेरै मानिस ऊविरुद्ध लागेको महसूस र विश्वास भएकोले रोगी आफूलाई ठूलो मानिस ठानेर र अरू सबैलाई हराउन सकोस् ठान्छ । अतः उसको भ्रमले अब एउटा सुखद रूप लिन्छ । अब उसले आफ्नो भ्रमलाई पैसा र पावर अर्जित गर्न लगाउन थाल्छ । यसमा रोगीले प्रायः आफ्नो राम्रो स्मरणशक्ति र वक्तृत्वकलाले तबसम्म आफ्नो भ्रमलाई लुकाउन सक्षम हुन्छ जबसम्म उसमा विद्रप व्यवहारको लक्षण उत्पन्न हुँदैन । त्यस अवस्थामा रोगी आफू र समाज दुवैका लागि खतरनाक साबित हुन्छ ।

यसैमा एउटा टर्म पाराफ्रेनिया आउँछ जसमा रोगी हालिसिनेशन र डेल्युजनका बावजूद आफ्नो व्यक्तित्व जोगाइराख्न सक्षम हुन्छ । यो प्रायः बढी उमेरमा देखिन्छ ।

५. सिजोएफेक्ट साइकोसिसको रूप अरूभन्दा कम सङ्ख्यामा देखिन्छ जसमा केवल मुडमा परिवर्तन हुन्छ । मुखाकृति निराश र भैकेन्ट अथवा भावशून्य हुँदैन । यसमा उत्तेजना र उदासीले घरीघरी आक्रमण गर्छ, जुन रिस, चिन्ता र पैनिकको रूपमा प्रकट हुन्छ । पाठकवृन्द१ पैनिकको अर्थ कष्ट वा दुःखाइ होइन । यो ग्रीक देउता ‘पेन’बाट बनेको हो, जसको आकृति आधा मानिस र आधा बोकाको हुन्छ । यसमा हुने लक्षणको कारण मान्छेले भन्न सक्दैन । तर पनि यो अवस्था मानसिक पेनले नै हुन्छ ।

६.सुडोन्युरोटिक सिजोफ्रेनिया ः यस प्रकारमा मान्छेमा साधारण नर्भस रोग देखिन्छ, जसलाई न्युरोसि भनिन्छ तर चिकित्सकले न्युरोसिस भएको भूल गर्छ । फेरि यो कुनै कामलाई दोह¥याइरहने रूपमा बदलिन्छ र डाक्टरले त्यसलाई अब्सेसन भएको भूल गर्छ । धेरै दिन पछि जब रोगीमा सिजोफ्रेनियाको लक्षण देखिन थाल्छ तब थाहा हुन्छ, भूल भएछ । वास्तवमा त त्यो सिजोफ्रेनिया रहेछ ।

उपचार ः भारतमा पहिले रिजर्पिन प्रयोग गरिन्थ्यो जुन सर्पगन्धाको अल्केल्वायड हो । आजभोलि यो प्रयोग गरिंदैन । १९५२ मा डिले र डेनिकरले एन्टिसाइकोटिक ड्रग बनाए, जसले यसको उपचारमा परिवर्तन भयो । पछिपछि थुप्रै आधुनिक एन्टिसाइकोटिक औषधिहरू बने, जसको एउटै वा मिलाएर प्रयोग गरेपछि सिजोफ्रेनिया निर्मूल त हुँदैन तर जीवनभरि प्रयोग र अन्य उपचार सँगसँगै गर्दा मान्छे समाजमा सम्मानित र करीब करीब सामान्य जीवन व्यतीत गर्न सक्छ । अस्तु १

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here