विश्व स्वास्थ्य सङ्गठनको अनुसार लागूऔषध भनेको स्वस्थ शरीरको लागि प्रयोग गर्न नमिल्ने रासायनिक पदार्थ हो । यसको प्रयोग गर्नु दुव्र्यसन हो । हाम्रो मुलुकमा लागूऔषध दुव्र्यसनीको सङ्ख्या बढ्दो छ । दुव्र्यसनले विशेषगरी युवापुस्तालाई गाँज्दै लगेको छ । नेपाल–भारत लागूऔषध ओसारपोसारको प्रमुख बिन्दुहरूमध्ये पर्सा जिल्ला पनि हो । यसको प्रभावस्वरूप यहाँको शहरदेखि गाउँ, टोलसम्मका युवामा लागूऔषध दुव्र्यसनको लत बस्दै गएको पाइन्छ । सरकारी तथ्याङ्क अनुसार हाम्रो मुलुकमा हरेक वर्ष ११.३६ प्रतिशतको दरले दुव्र्यसनीको सङ्ख्या बढिरहेको छ । गत वर्षको तथ्याङ्कमा मुलुकभर एक लाख ३० हजारको हाराहारीमा कडा लागूपदार्थ सेवन गर्नेको सङ्ख्या बढ्दै छ । यस्ता प्रयोगकर्तामध्ये १८ देखि २५ वर्ष उमेर समूहका युवापुस्ताको सङ्ख्या झन्डै ८० प्रतिशत छ । सोमध्ये सात प्रतिशत महिला छन् । नेपालमा हरेक वर्ष करीब २० हजार युवायुवती कडा किसिमका लागूऔषधको दुव्र्यसनमा फस्ने गरेका छन् ।
युवा परिवर्तनको संवाहक हो । राज्यको व्यवस्था परिवर्तन, समाजका विकृतिहरूको उन्मूलन, वर्गीय, लैङ्गिक, जातीय विभेदहरूविरुद्धका आन्दोलनहरूमा युवाहरूको महत्वपूर्ण योगदान रहँदै आएको छ । वर्तमान अवस्थामा यो मुलुकको लागि आर्थिक भार युवाशक्तिले नै धानिरहेका छन् । खाडी मुलुकहरूमा पुगेर विप्रेषण भिœयाएर देशकै अर्थतन्त्रलाई आँट भरोसा दिनेसम्मको योगदान युवाकै छ । सामाजिक न्यायसहितको सभ्य समाज निर्माणका लागि सचेत युवाको सक्रिय सहभागिता अपरिहार्य हुन्छ । तर जब युवाहरूमा नै गलत आचरण हाबी हुन्छ, जब युवाहरू नै गलत बाटोमा लाग्न थाल्छन्, तब समाज गतिहीन हुन जान्छ । अहिले युवा दुव्र्यसनीको समस्याले मुलुकलाई दिन दुई गुना, रात चौगुना गर्दै गाँज्दै लगिरहेको छ । विभिन्न मुलुकहरूमा लागूऔषध दुव्र्यसनका कारण सिर्जित जटिल समस्याहरूबाट हामीले पाठ सिक्नु र जतिसक्दो छिटो मुलुकलाई जोगाउनु छ । दक्षिण अमेरिकी मुलुक मेक्सिकोको लागि लागूपदार्थ दुव्र्यसन सबैभन्दा जटिल समस्या बन्यो । लागूपदार्थको हिसाबले आज मेक्सिको विश्वमा नै निन्दित छ । त्यसैगरी, पूर्वी एशियाली मुलुक फिलिपिन्सको लागि लागूऔषध टाउको दुखाइको विषय बनेको छ । त्यहाँ लागूऔषध प्रयोगकर्ता तथा कारोबारीलाई सीधैं गोली हान्नेसम्मको आदेश दिनुपर्ने अवस्था आयो । एकै वर्षमा त्यहाँ लागूऔषध प्रयोगकर्ता र कारोबारीहरूसमेत गरी छ हजारजनाभन्दा बढी मानिस मारिए । यो मानवजातिको लागि अप्रिय घटना हो । आफ्नो मुलुकका युवा लागूऔषध दुव्र्यसनमा फसेपछि विशाल शक्तिशाली मुलुक चीनले पनि दुई÷दुई पटक इस्ट इन्डिया कम्पनीसँग हार खानुपरेको थियोे ।
विभिन्न घटनाक्रमलाई हेर्दा लागूऔषध दुव्र्यसनमा फस्नुको मुख्य कारण पारिवारिक वातावरण देखिन्छ । यससँगै साथीसङ्गी, सङ्गत तथा सांस्कृतिक एवं सामाजिक अवस्था पनि कारक हुन सक्छन् । दुव्र्यवहार, अपमान, बेरोजगार, आर्थिक सङ्कट, अज्ञानता, चेतनाहीनताले पनि युवा अवस्थामा दुव्र्यसनतर्फ नजीकिने गरेको पाइन्छ । देखासिखी गर्दागर्दै लत बस्नेहरूको सङ्ख्या ठूलो छ । देशमा कानून बनेर मात्रै हुँदैन । दुव्र्यसनले पुर्याउने क्षतिबारे नजरअन्दाज गर्नेले कानूनको हेक्का राख्ला भन्ने आस गर्नु व्यर्थ छ । यसर्थ परिवार, समाज, साथीसङ्गती र हरेक तहका सरकार पहिले सचेत हुने र युवावर्गलाई जोगाउनेतर्फ लाग्नु जरुरी छ ।