प्रस, वीरगंज, १६ साउन/

कलैया उपमहानगरपालिकाले मटिअर्वा–मानवत सडकखण्ड अन्तर्गत उपमहानगर क्ष्ँेत्रमा पर्ने सडक अतिक्रमण हटाउन शुरू गरेको छ ।

गत शनिवार साउन १३ गतेदेखि डोजर लगाएर सडकखण्डमा पर्ने पक्की संरचना नगरपालिकाले भत्काउन शुरू गरेको नगरप्रमुख विनोद साहले बताए । उनले २०६९ सालदेखि सो सडकखण्डको निर्माण कार्य शुरू भएपनि कलैया उपमहानगरपालिका अन्तर्गत संस्कार एफएम रहेको क्षेत्रदेखि बरेवास्थित दुर्गा माविसम्मको तीन किलोमिटर क्षेत्रफलमा रहेका पक्की संरचना नहटाइँदा सडक निर्माण कार्य ११ वर्षदेखि प्रभावित भएको थियो ।

नगरप्रमुख साहले तीन किलोमिटरमा रहेका अवैध संरचनाका कारण मटिअर्वा–मानवत सडकखण्ड पूर्णरूपमा सम्पन्न हुन नसकेको र अहिले सो क्षेत्रमा रहेका अवैध संरचना हटाउन शुरू गरेपछि आगामी केही महीनामा सडक निर्माण कार्यले पूर्णता पाउने उनले विश्वास व्यक्त गरे । शनिवार कउमनपाले तीनवटा डोजरसहित सडकखण्डमा रहेका अवैध संरचना भत्काउन शुरू गरेको र त्यहाँका मानिसहरूले समय माग गरेर अहिले आफैं भत्काइरहेका नगरप्रमुख साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here