बढ्दो गर्मीका कारण तराई क्षेत्रको जनजीवन निकै प्रभावित भएको छ । यसपटक वैशाख महीनादेखि नै तराई क्षेत्रमा गर्मीले जनजीवन प्रभावित पार्दै आएको छ र अहिले साउन शुरू हुँदासम्म वर्षा हुन नसकेर ठाउँ–ठाउँमा पिउने पानीको समेत हाहाकार मच्चिएको छ । तराई क्षेत्रमा गर्मी नयाँ नौलो कुरा भने होइन । तर विगतका वर्षका तुलनामा यस वर्षको अध्यधिक गर्मीले जनजीवनलाई निकै प्रभावित पारेको छ । गर्मीका कारण शैक्षिक संस्था प्रभावित बनेका छन् । पर्सा जिल्लाको हकमा पालिकाहरूले अत्यधिक गर्मी भएपछि वर्षे बिदामा समायोजन हुनेगरी दुई साताका लागि एक महीनाअघि नै बिदा दिएका थिए । तर यो अवधिमा पनि वर्षा हुन सकेको छैन र गर्मीले विद्यार्थीहरू मूर्छित हुने क्रम बढेको छ । महानगरका कतिपय सामुदायिक विद्यालयमा छात्रछात्राहरू मूर्छित परेका घटना बाहिरिएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्ष गत वर्षको तुलनामा वर्षा कम हुने जनाइसकेको छ । वर्षा हुने समयमा पनि अहिलेसम्म पानी नपर्दा किसानहरूले लगाएका धानको बीउ खेतमैं सुकिरहेका छन् । यस वर्ष अधिकतम तापक्रम ४३ डिग्री सेल्सियससम्म मापन भएको छ । पर्सामा यो निकै बढी हो । विगतका वर्षहरूमा ४१ डिग्री सेल्सियससम्म मापन गरिएको थियो । केही दिनदेखि वर्षा हुने सड्ढेत मिले पनि वर्षा हुनै सकेको छैन ।

समयमा वर्षा हुन नसक्दा अस्पताल, स्वास्थ्य चौकीहरूमा बिरामीहरूको चाप बढ्दो छ । यो अवधिमा बान्ता हुने, रि·ाटा लाग्ने, ज्वरो लाग्ने, टाउको दुख्ने जस्ता रोगका प्रकोप बढेका छन् । चिकित्सकहरूले बढ्दो गर्मीबाट जोगिनका लागि बढी मात्रामा पानीको सेवन गर्ने, चिया, कफी र मदिराको सेवन धेरै कम गर्ने, घरबाहिर निस्कनुपरेमा सुतीको पातलो लुगा लगाउने, टाउकोमा कपडा राख्ने अथवा छाता ओढ्ने जस्ता कार्यहरू गर्न सुझाएका छन । यसपटक गर्मी बढेसँगै पानीको स्रोत पनि सुकेको छ । जानकारहरूका अनुसार भूमिगत पानीको सतह अहिले औसतभन्दा सात फिट तल पुगेको छ, जसले गर्दा धेरै स्थानमा पानीको हाहाकार मच्चिएको छ । यस अर्थमा पानी नपरुन्जेलसम्म सतह माथि नआउने र पानीको सड्ढट जारी रहने देखिन्छ । वर्षा नभएर पानीको सतह बढ्न सकेको छैन र महानगरपालिकालगायत पर्सा जिल्लाका अन्य पालिकाहरूमा पनि पिउने पानीको अभाव छ ।

महानगरले पिउने पानीको व्यवस्थापनका लागि निश्शुल्क खानेपानी धारा जडान कार्यक्रमका साथै वडाहरूमा डीप बोरिङ जडान कार्यलाई निरन्तरता दिएको छ । यसका साथै पिउने पानी अभाव भएका वडाहरूमा ट्याड्ढरबाट पिउने पानी उपलब्ध गराउँदै आएको छ । तर यति ठूलो जनसङ्ख्या रहेको महानगरमा यी उपायहरू अवलम्बन गर्दा पनि पिउने पानीमा महानगरवासीको सहज पहुँच बनिसकेको छैन । चापाकलमा आश्रित परिवारहरू अहिले पानीको अभाव झेल्न बाध्य छन् । डीप बोरिङ गरेका र खानेपानी संस्थानको धारा लिएका परिवारलाई भने पानीको समस्या छैन । मानिसहरू पिउने पानीका लागि चालू अवस्थाका चापाकलबाट पिउने पानी लिनका लागि आधा किलोमिटरसम्मको दूरी तय गरिरहेका छन् तर पनि पर्याप्त मात्रामा पिउने पानी पाउन सकिरहेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here