प्रस, वीरगंज, ४ साउन/

जिल्ला प्रशासन कार्यालय, सर्लाहीले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा परेको उजूरी सङ्ख्यामध्ये करीब ७१ प्रतिशतको समस्या समाधान गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद यादवले बताए।

जिप्रका, सर्लाहीमा १,९२० वटा अनुचित लेनदेनका उजूरी परेका र त्यसमध्ये ३९१ वटा (२०.६ प्रतिशत)को फछ्र्योट भइसकेको प्रजिअ यादवले बताए।

यसैगरी, उजूरीमध्ये ९६८ वटा

(५०.४१ प्रतिशत)को छलफल गराएर समस्या समाधान गरिएको प्रजिअ यादवले बताए। उनले हालसम्म नौ करोड ४९ लाख ६९ हजार ४३३ कारोबार रकम भएको तर ३१ करोड नौ लाख ३७ हजार मागदाबी गरिएकामा  सरोकारवालाहरूलाई छलफल गराएर रु १४ करोड २८ लाख १८ हजार ४९१ मा सहमति गराएको र नौ बिघा नौ कट्ठा सवा दुई धुर जग्गा फिर्ता गराएको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here